मायालुको माया बिना के होला… ?(भिडियो)

नेपाली सांगीतीक क्षेत्र सेलाउदै गए पनि नयाँ कलाकारको आगमन भने रोकिएको छैन । नयाँ गायक तथा गायीकाहरु यो क्षेत्रमा भविष्य खोज्दै आइरहेका छन् । यसैक्रममा गायक राजन तिमिल्सिना ‘कदम’ नामक एल्बमका साथ नेपाली सांगीतीक बजारमा देखिएका छन् । यो एल्बममा पप तथा आधुनिक शैलीका गीतहरु समावेश गरिएको छ । एल्बम बजारमा आएको केही समयमा नै आफुलाई विभिन्न कार्यक्रमबाट निम्तो आएकोमा राजन दंग छन् । दशै तथा तिहारका थुप्रै कार्यक्रममा आफुले गीत गाएको उनले बताए । ‘कदम’ एल्बममा समावेश ‘तिम्रो माया बिना’ बोलको गीतको भिडियो तयार भैसकेको छ । भरत सिटौलाको संगीत रहेको यो गीतमा रीता घिमिरेको शब्द छ । एल्बमको छायांकन अष्ट्रेलियाका विभिन्न स्थानमा गरिएको छ । राजेन्द्र र दिपिकाले अभिनय गरेको यो भिडियोलाई मनिष श्रेष्ठले निर्देशन गरेका हुन् । भिडियोको छायांकन तथा सम्पादन पनि स्वयंम निर्देशकको नै छ । कदम एल्बमको तिम्रो माया बिना बोलको गीतको भिडियो यस्तो छ :

0 comments:

Post a Comment