यौन जीवनमा पहिलो चुम्बनको महत्व

आफ्ना श्रीमती वा प्रेमीको पहिलो चुम्बनलाई अधिकांश महिलाले आफ्नो जीवनको महत्वपूर्ण पक्षको रुपमा लिन्छन् । सम्भवत: यसकै आधारमा आपसी ससम्बन्धले हुर्कने-मौलाउने तथा अघि बढ्ने अवसर पाउँछ । त्यसैले पहिलो चुम्बनको अर्थ र महत्व उत्तिकै रहन्छ । प्रेम सम्बन्धका लागि आवश्यक वातावरण – एकान्त पहिलो चुम्बनका लागि प्रेमिका वा पत्नी एकान्त स्थानमा हुनु पहिलो आवश्यकता हो । जीवनको पहिलो चुम्बन जीवनभर मीठो सम्झनाका रुपमा रहने भएकाले त्यहाँ दुई जना बाहेक अरु उपस्थित हुनु हुँदैन । यदि कुनै रेस्टुराँ, क्लब वा अन्य त्यस्तै भीँड भएको स्थानमा हुनुहुन्छ र तपाँईलाई लाग्छ तपाँईकी प्रियतमा तपाँईसित एकान्तमा अन्तरंग क्षण बिताउन चाहन्छिन् भने उनलाई कतै एकान्त स्थानमा लग्नु उत्तम हुन्छ । सम्भवत: पहिलो चुम्बनको तयारी यसैबाट हुन सक्छ । राम्रो स्वास पहिलो चुम्बनको अवसरलाई आफ्नो स्वासको दुर्गन्धका कारण होस् वा रक्सी, चुरोट आदिको सेवन वा बढी चिल्लो, पिरोका साथै प्याज, लसुन खाएका कारण नगुमाउनुहोस् । पहिलो चुम्बनको अवसरमा उल्लेखित कुरा सेवन नगर्नु नै उपर्युक्त हुन्छ । आफ्नो साथमा कुनै राम्रो खालको चुइङ्गम वा माउथ फ्रेसनर राख्नुहोस् । सही सम्बन्धको चिनारी पहिलो चुम्बनका लागि उचित समय पहिचान गर्न जरुरी छ । रोमान्टिक कुराकानीका क्रम्‌मा यदि अचानक कुराकानी बन्द हुन्छ, तपाँईको आँखा तपाँईकी प्रियतमाको आँखासित जुध्न पुग्छ । आँखाको भाकाबाट चाहना प्रस्फुटित हुन थाल्छ र दुबैको आँखाले एकअर्कालाई एकनासले हेरीरहन्छ तथा नजरबाट दुबैमा
आकर्षण एवं सम्वोहन उत्पन्न हुन्छ भने त्यस्तो समय पहिलो चुम्बनको लागि उचित समय हो तर पहल तपाँईबाटै हुनुपर्छ । अनुमति माग्ने चुम्बनका लागि अनुमति माग्नु मूर्खता हो । महिलाको नजरमा यसो गर्नु कायरता हो र तपाँईको आत्मा विश्वासको कमी हो । त्यसैले सही समयका आधारमा चुम्बनका लागि पहल गर्नुहोस् तर हतार गर्नु भने बुद्धिमानी होईन । चुम्बनका लागि उनी तयार छिन् अर्थात उनमा चाह छ छैन बुझ्नु जरुरी छ । यो कुरा शारीरिक हाउभाउबाट बुझ्न सकिन्छ । यदि उनको शरीर तपाँईतिर झुकेको छ, तपाँईको शरीरमै टाँसिएको छ, तपाँईको शरीरलाई छोएर विशेष: तपाँईको छाती, गाला, चिउँडो, कान छोएर उनी मुस्कुराइरहेकी छिन्, उनी आफ्नो ओँठ विस्तारै टोक्दैछिन् वा आफ्नो कपाल चलाईरहेकी छिन् भने धेरै हदसम्म चुम्बनका लागि तपाँईलाई इसारा गरिरहेकी हुन सक्छिन् । सहजता अँगाल्ने पहिलो चुम्बनका बखत धैर्य अपनाउनुहोस् । त्यो क्षणलाई सकेसम्म लम्बाउने प्रयत्न गर्नुहोस् । समय स्लो मोशनमा गुज्रीरहेको जस्तो अनुभूति गराउनुहोस् । हतार गर्दा आफ्नो छवि बिग्रन सक्छ र त्यो रोमान्टिक क्षण बिथोलिने सम्भावना रहन्छ । आफू पनि सहज रहनुहोस् र आफ्नी प्रियतमालाई पनि सहजता महसुस गराउनुहोस् । स्पर्शलाई प्राथमिकता दिने चुम्बनका बखत शारीरिक स्पर्शको महत्व उत्तिकै हुन्छ । यसले अनुभूतिलाई अझ रोमान्टिक बनाउँछ नै साथै चुम्बनको उन्मादलाई पनि बढाउँछ । चुम्बन गर्नु पूर्व आफ्नी प्रियतमाको शरीरलाई विस्तारै छुनुहोस् । आफ्नो हातलाई उनको हिपमा राख्नुहोस् वा कम्मरलाई बाँध्नुहोस् र विस्तारै आफूतिर तान्नुहोस् । त्यसपछि आफ्ना हातका औंलाको सहाराले उनको केशलाई चलाउनुहोस् र विस्तारै उनको मुहारलाई आफ्नो दुवै हत्केलामा थामेर आफू नजिक ल्याउँदै मन्द गतिले उनको गालालाई चुम्दै ओठतर्फ आफ्नो चुम्बनको मार्ग प्रशस्त गर्नुहोस् । चुम्बनका क्रममा आफ्नी प्रियतमाको शरीरलाई सुम्सुम्याउने क्रियालाई निरन्तरता दिनुहोस् । आँखा बन्द गर्ने चुम्बनका क्रममा आफ्नो आँखा बन्द गर्नुपर्छ । आँखा खोलेरै चुम्बन गरिएको कुरा यदि प्रियतमाले चाल पाए तपाँई चुम्बनमा पूर्णरुपले समर्पित नभएको अनुभव उनलाई हुनसक्छ । यसले आत्माविश्वासको कमी, सुरक्षा भावको कमी आदिको अर्थ पनि लाग्न सक्छ । चुम्बनको आनन्द उठाउन आँखा बन्द गर्नु नै राम्रो हुन्छ । यसो गर्नाले एक-अर्काप्रति विश्वास, समर्पण र चाहना अझ बढ्न सक्छ । यौन संसर्गका बखतको चुम्बन र पहिलो चुम्बन फरक-फरक भएकाले यसमा पर्याप्त सावधानी अपनाउनुपर्छ । फस्ट किसका बखत आफ्नी प्रियतमा सुतीरहेकी छिन् र उनलाई डिस्टर्भ नगरी चुम्बन गर्दै हुनुहुन्छ भन्ने अनुभव तपाँईले गर्न सके फस्ट किस अविष्मरणीय बन्न सक्छ । त्यसैले ओठले उनको ओठलाई हल्का दबाब मात्र दिनुपर्छ । उनमा रोमाञ्चकता जगाउने प्रयास मन्द गतिमा हुनुपर्छ नकि अलार्म घडीको जस्तो अप्रत्यासित र जोसिलो । आफ्नो ओठको साथै जिब्रोलाई पनि नियन्त्रण राख्नु आवश्यक हुन्छ । समग्रमा धैर्यता, नियन्त्रण एवं मन्द गतिमा रोमाञ्चकता जगाउँदै आनन्दको सरोबरमा आपसी सम्बन्धलाई अझ सुमधुर बनाउन पहिलो चुम्बनलाई आधार बनाउने प्रयास पुरुषबाटै हुनुपर्छ ।

0 comments:

Post a Comment