आखिर विक्ला कसको जवानी ?

मंसिर ८ गते हुन लागेका दुई चर्चित सिनेमाको भिडन्तले अहिले सिनेमा बजारलाई गर्माएको छ । मंसिर ८ मा काठमाण्डौको पालैपालो प्रणाली अनुसार चलचित्र ‘चन्द्रावती’ प्रदर्शनमा आउने तयारीमा छ ।
यस्तै यही मितिमा चलचित्र ‘एटीएम’ पनि प्रदर्शनमा आउने पक्का भैसकेको छ । चलचित्र ‘एटीएम’ निर्माणको समयदेखि नै चर्चामा आएको छ । चलचित्रमा समावेश उत्तेजक दृश्य र संवादले यो चलचित्रलाई चर्चामा ल्याएको हो । यादव सिलवालको निर्देशनमा तयार भएको यो चलचित्रमा जिया के.सी, सोनीया शर्मा, सविना कार्की, दिनेश थापा लगायतका कलाकारको अभिनय छ । यस्तै ऐतिहासिक कथावस्तुमा तयार भएको भनिएको चलचित्र ‘चन्द्रावती’लाई राजु गिरीले निर्देशन गरेका हुन् । चलचित्रमा राजेश हमाल, युना उप्रेती, शशी खड्का, आयुष रिजाल, कुशल थापा लगायतका कलाकारको अभिनय छ । चलचित्र ‘एटीएम’ र ‘चन्द्रावती’ बिचको कथावस्तुमा धेरै भिन्नता रहेतापनि दुबै सिनेमाको निर्माणपक्षले सेक्सलाई नै महत्व दिएको छ । चलचित्र ‘एटीएम’को बिषयवस्तु नै सेक्स र रोमान्सको सेरोफेरोमा घुमेको छ । ऐतिहासिक तथा सस्पेन्स कथावस्तुमा तयार भएको चलचित्र ‘चन्द्रावती’मा शशी खड्का र आयुष रिजालबिचको रोमान्सको दृश्यलाई पनि समेटिएको छ । निर्माणपक्षले रोमान्सको दृश्यलाई प्रचारको राम्रो सामाग्री बनाएको छ । एडल्ट सर्टिफिकेट प्राप्त गरेका यि दुई सिनेमाको भिडन्तले अहिले चलचित्र बजारमा तरङ्ग नै
ल्याएको छ । सेक्स सधै बिक्ने भएकाले कतिपय ‘एटीएम’ले बाजी मार्ने अड्कल काटिरहेका छन् । तर ‘चन्द्रावती’ कथावस्तु र स्टारका हिसाबले उत्कृष्ट रहेको धेरैको दाबी छ ।

0 comments:

Post a Comment