एक परिवारको खाना खर्च हप्तामा ३५ हजार !

लण्डन । यस घरका बच्चाहरुलाई अन्य साथीको आवश्यकता नै छैन । किनकी यहाँ सबै उमेर समूहका मानिस छन् र उनीहरुसँगै बसेर समय विताउन सकिन्छ ।रेडर्फाड दम्पतीको ९ छोरा र ७ छोरी छन् । उनीहरुको सबैभन्दा सानो बच्चा मात्र एक महिनाको छ । यसै कारण उनको परिवारले बेलायतको सबैभन्दा ठूलो परिवारको नाम पाएको छ । तर, अझै पनि रेडर्फाड दम्पतीको थप सन्तान जन्माउने चाहना छ ।जब यो परिवारको कपडा धोइन्छ, कुनै धोविघाट भन्दा कम हुन्न । खानाको बिलको त कुरै नगरौं । उनीहरुले बालबच्चाको रेखदेखका लागि ९ बेडरुम भएको भिक्टोरियन शैलीमा बनेको घर किनेका छन् । घरमा ठूलो बासिंग मेसिन छ भने त्यति नै ठूलो आकारका फि्रज छ । रेडफोर्ड परिवारमा खानाका लागि मात्र प्रत्येक हप्ता ३५ हजार रुपैयाँभन्दा बढी खर्च हुन्छ । उनीहरुका लागि प्रतेक दिन तीन ठूलो कार्टुन ब्रेड, १८ प्याकेट दुध, १८ केजी पोर्क चप, १५ बल आलु, ३ कोपी र ३० बटा गाजर चाहिन्छ । तर पनि उनीहरु सरकारबाटै कुनै सहयोग चाहँदैनन् ।
३७ वर्षीया सुपरमोम सुई रेडफोर्ड र उनका श्रीमान बेकरी चलाउँछन् र
त्यसकै कमाईबाट परिवार चलाउँछन् । सुई पटक पटक आमा बन्दा आफूलाई खुसी लाग्ने बताउँछिन् । सबैलाई एकसाथ देख्दा आफू भावुक हुने बताइन् । उनीहरुको सबैभन्दा ठूलो छोरा क्रिस्टोफर २३ वर्षका छन् । स्कुल स्तरीय पढाइसकाए लगतै सुईले १८ वर्षको उमेरमा नै विवाह गरेका थिए । सुरुमा भने उनीहरुमा एक/दुई बच्चाको चाहना थियो ।

0 comments:

Post a Comment