स्कर्टमा ‘लो एङ्गल’ लगाउनेदेखि घीन लाग्छ : ऋचा घिमिरे

छोरालाई जन्म दिएपछि नेपाली सिनेमा क्षेत्रबाट टाढाजस्तै देखिएकी नायिका ऋचा घिमिरे पुनः यही क्षेत्रमा सक्रिय हुने सोचमा छिन् । तर, उनको आगमन उनकै होम प्रोडक्शनबाट निर्मित चलचित्र ‘तुलसी’ को व्यापारिक नतिजामा भर पर्नेछ । ऋचा तुलसीले उत्साहजनक व्यापार गरेमात्रै अभिनयमा नै फर्किन सोचमा छिन् । ‘तर पर्दापछाडि बसेर पनि काम गर्न सक्छु ।’-ऋचाले अनलाईनखबरसग भनिन् । विद्या बालनले ‘द डर्टी पिक्चर्स’मा निर्वाह गरेको भूमिकामा आफुलाई पनि ढाल्ने सोच छ ऋचाको । तर, उनी भन्छिन्, नेपालमा ग्ल्यामर पस्कने नाममा फोहोरी खेल हुन्छ । यहाँ स्कर्ट लगाउनेवित्तिकै ‘लो एङ्गल’ लगाएर खिच्ने दुषित मानसिकता छ, यसैले पनि निर्देशक हेरेरमात्रै निर्णय गर्छु, ऋचा भन्छिन् । आफ्नो लगानी र तपस्या नै सिनेमा क्षेत्रमा भएकाले निरन्तर रजतपटमा लागिरहने योजना उनको छ । आफुलाई निक्कै च्यालेन्जिङ भूमिका गर्न मन लागेको बताउदै ऋचाले भनिन्, तर, मैले मात्र सोचेर हुदैन, अफर पनि त्यही अनुसारको आउनुपर्‍यो नि हैन र ?
साभार अनलाईनखबर

0 comments:

Post a Comment