समलिङ्गीसँग चुम्बन गर्दा नायक बेहोस

केटा केटा बिचको प्रेम सम्वन्ध र सेक्सका दृश्य समावेश गरिएको चलचित्र ‘लभ यु म्यान’ मंसिरको २२ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रमा राज आर्यन र सुरेश चौधरीले लिप्स किस देखि बेड सिनका दृश्य समेत दिएका छन् । नायक नायिका बिचका यस्ता दृश्य सामान्य लागेपनि केटा केटा बिच भने असामान्य नै लाग्छ । तर ‘लभ यु म्यान’मा भने राज र सुरेशले यस्ता कैयौ दृश्य दिएका छन् । तर चलचित्रका नायक राज आर्यनले सुरेशसँग चुम्बन र बेड सिन दिन आफुलाई अप्ठ्यारो भएको रहस्य खोलेका छन् । सुरेशसँग लिप्स किस दिदा आफुले वान्ता गरेको अनुभव उनले अनलाइनखबरसँग साटेका छन् । सिनेमाको छायांकन सकिएको केही दिनसम्म पनि आफुमा समलिङ्गीले जस्तो क्रियाकलाप नगएको उनको भनाई छ । केटासँग अन्डरवेयर मात्र लगाएर वेड सिन दिदा धेरै नै अप्ठ्यारो भएको राजको अनुभव छ । ‘सबैको अघि केटासँग भित्रि कपडा लगाएर चुम्बनमा लुटपुटिदा धेरै नै गाह्रो हुदो रहेछ’ राजले अनौठो अनुभव सुनाए । वीपी फुयाँलको निर्देशनमा तयार भएको चलचित्र ‘लभ यू म्यान’मा राज आर्यन र सुरेश चौधरीको रोमान्स हेर्न सकिन्छ । चलचित्र ‘सुनगाभा’मा नायिका नीशा अधिकारी र दिया मास्केले पनि समलिङ्गीको
भुमिका निर्वाहा गरेका छन् । चलचित्रमा काम गरिसकेपछि आफु समलिङ्गी जस्तै लागेको अनुभव केही समय अघि नायिका अधिकारीले सुनाएकी थिईन् ।

0 comments:

Post a Comment