सरकारद्वारा एटीएम प्रदर्शनमा रोक

सेन्सर बोर्डले काटेका दृष्य नहटाई चलचित्र ‘एटीएम’ प्रदर्शनमा आएपछि सरकाले रोक लगाएको छ । एटीएमको प्रदर्शनमा रोक लगाउन संचारमन्त्रालयले गृहमन्त्रालयलाई आदेश दिएको हो । शो आदेशसँगै काठमाण्डौका आधा दर्जन हलमा सिनेमा प्रदर्शन रोकिएको छ । सेन्सर बोर्डले चलचित्रमा समावेश थुप्रै अश्लिल संवाद र दृश्य हटाउन भन्दै एडल्ट सर्टिफिकेट दिएको थियो । तर निर्माणपक्षले सेन्सर बोर्डको आदेशलाई समेत ठाडो अवज्ञा गर्दै सिनेमालाई प्रदर्शनमा ल्याएको छ । सेन्सर बोर्डले रोक लगाएका दृश्य समेत नहटाई प्रदर्शनमा आएको सिनेमालाई संचारमन्त्रालयले प्रदर्शनमा रोक लगाएको छ । संचारमन्त्रालयले गृहमन्त्रालयलाई एटीएम रोक्न आदेश दिएको हो । देशभरका हलमा १२ बजेको शो संचालनमा आएतापनि ३ बजेको शो प्रभावित भएको खबर छ । काठमाण्डौका अधिकांश हलमा सिनेमाको ३ बजेको शो रोकिएको छ । काठमाण्डौ बाहिरका हलमा समेत सिनेमा प्रदर्शन रोकिएको छ । श्रोतका अनुसार सिनेमाका निर्माता तथा निर्देशकलाई अहिले प्रशासन खोजिरहेको छ । राज्यको कानुललाई समेत उल्लंघन गरि सिनेमा प्रदर्शनमा ल्याएपछि निर्माण युनिटलाई प्रशासनले व्यापक खोजी गरिरहेको हो । दिनेश
थापाको प्रस्तुतीमा कुष्मा वुढाथोकीले निर्माण गरेको चलचित्रलाई यादव सिलवालले निर्देशन गरेका हुन् । चलचित्रमा जीया केसी, सोनीया शर्मा, सविना कार्की लगायतका कलाकारको अभिनय छ । नायिका जीया केसी र सोनीया शर्माका लागि यो चलचित्र प्रदर्शनको आधारमा पहिलो हो । चलचित्रमा तिन नायिकाले नायक दिनेश थापासँग थुप्रै उक्तेजक दृश्य दिएका छन् ।

0 comments:

Post a Comment