सुष्माको रेट चारलाख !

सुष्मा कार्कीको ग्राफ उकालो चढिरहेको छ । यी डिभाले आइतबार सुरज आचार्यको अपकमिङ प्रोजेक्टमा चारलाखमा साइन गरिन् जसलाई सुदर्शन थापाले निर्देशन गर्दैछन् । योसँगै सुष्मा नेपाली सिने उद्योगकी सर्वाधिक महङ्गी हिरोइन बनेकी छिन् । यसअघि 'के यो माया हो' निर्माण गरिसकेका आचार्यले लभस्टोरी श्रेणीको दोस्रो सिनेमा बनाउन लागेका हुन् । रोचक कुरा त, नेपाली फिल्मका महङ्गा हिरो आर्यन सिग्देलसँग सुष्माले रोमान्स गर्नेछिन् ।'सो रकममा सुष्मालाई अनुबन्धित गरेका छौं । केही दिनमा आर्यनलाई अनुबन्धित गर्छौं' निर्माता आचार्यले भने । यस्तो लाग्छ- अपवादबाहेक 'के यो माया हो'को टीम नै बनाउन लागिएको नयाँ फिल्ममा दोहोरिएको छ । 'लभ' वर्किङ टाइटल दिइएको फिल्मलाई 'के यो माया हो' लेखेका मुम्बइका निरजविक्रमले लेखेका हुन् । आगामी चैतबाट सुटिङ सुरु हुने सिनेमाका अन्य कलाकारबारे सार्वजनिक गरिएको छैन । ९० लाख बजेटको सिनेमालाई सुरंगना फिल्मस प्रालिले निर्माण गर्न लागेको हो । कम्पनीले यसअघि 'के यो माया हो' बनाएको थियो ।चलचित्रमा सुष्मा दोहोरो भूमिकामा देखापर्दैछिन् । दोहोरो भूमिकामा उनी लभरगर्ल बन्नेछिन् । यसैबीच सुष्मा सविर श्रेष्ठकी हिरोइन बनेकी छिन् । सविरले निर्देशन गर्न लागेको चलचित्र 'शत्रु'मा सुष्माले शनिबार साइन गरिन् । सहरका डनहरुको कथामा बन्न लागेको सिनेमामा राजेश हमाल डनको भूमिकामा खेल्दैछन् । फिल्ममा सुष्मा सुमन सिँहको अपोजिटमा देखापर्नेछिन् ।

0 comments:

Post a Comment