श्रीमतीसँग बच्न निखिलको नाटक

केही दिन अघि नेपाली चलचित्र बृतमा एउटा चर्चा गजबले चल्यो । त्यो चर्चा थियो नायक निखिल उप्रेतीको । निखिलले बलिउडका स्टार अमिताभ बच्चनसँग सँगै अभिनय गर्ने भए भन्ने खबरले केही दिन नेपाली चलचित्र बजार ततायो । नेपालमा एक छत्र राज गरिरहँदा नायिका सञ्चितासँग बिबाह गरेर मुम्बई पलायन भएका निखिलको बेला बेलामा चर्चामा आउने मध्येको एक हर्कत यो पनि हो ।कान्छी श्रीमतीले बच्चालाई जन्म दिने समय काठमाण्डौ आएका निखिलले त्यस लगत्तै जेठी श्रीमतीको नराम्रो कचकच सुन्नु पर्यो । जेठी श्रीमती कोपीलाले आज सम्म निखिलले कतै पनि सञ्चिता आफ्नो श्रीमती भएको कुरा सार्वजनिक रुपमा नबोलेको भन्दै निखिललाई स्वतन्त्र रुपमा पुष्टी गर्न चुनौति दिएकी थिइन् । उनले आफुले निखिलसँग सम्बन्ध बिच्छेद गर्न सक्ने संकेत समेत गरेकी थिइन् ।एका तिर जेठी श्रीमतीले केही महत्वपूर्ण एक्सन लिन सक्ने संकेत अर्को तर्फ कान्छी श्रीमतीको कचकच त्यति मात्र कहाँ हो र मुम्बई बसाईका क्रममा अभिनय गरेको धनलक्ष्मी यन्त्रको बिज्ञापन बिरुद्धको ठगी मुद्धा यि सबैबाट बच्न निखिलले नेपालमा आफुले बलिउड स्टार अमिताभसँग अभिनय गर्न लागेको चर्चा चलाएको हल्ला नेपाली चलचित्र बृतमा भएको छ ।सुत्केरी कान्छी श्रीमती अनि नवजात छोरा यि सबैबाट सहजै उम्कनको लागी निखिलले यहाँ बलिउड स्टार अमिताभसँग अभिनय गर्ने बताएको हुन सक्ने अनुमान गरीएको छ । निखिलले यो हल्ला नेपालमा फिंजाएर मुम्बई गए पछि बिभिन्न चरणका उनका क्रियाकलापहरुले उनि अमिताभसँग अभिनय गर्न नभई श्रीमतीबाट उम्कन मुम्बई हानिएको बुझिएको छ । यस बारेमा उनका सहयोगीहरुले कुनै प्रतिक्रिया नदिए पनि निखिलले मुम्बईमा काम नपाएको बुझिएको छ ।मुम्बई गए पछि परिचय नामको एक नेपाली चलचित्रमा अभिनय गरेका निखिल त्यस पछि भने काम बिहिन भएका छन । उनले पछिल्लो समय सुमन दहालको निर्देशनमा बन्न लागेको चलचित्र यो मनमा अभिनय गर्ने बताइएको छ । जे होस् निखिलले अमिताभसँग फिल्म खेले भने त्यो हाम्रा लागी सुखद समाचार नै बन्ने छ । तर निखिलले चर्चामा आउनका लागी चलाएका केही हल्लाहरुले निखिलको बिश्वसनियतामा भने प्रश्न चिन्ह्र उठाएको छ ।

0 comments:

Post a Comment