सेक्सी फिल्मलाई सुटिङमा बन्देज

न्यूड हिरोइनको विवादमा फसेको चलचित्र 'किन किन' बुधबार एक यस्तै सुटिङ लफडामा फसेको छ । राजधानीको लाजिम्पाटस्थित सांग्रीला होटलमा यस्तै एक विवाद भयो जसको परिणाम -सुटिङ युनिट अन्तिम दृश्य खिच्न नपाउँदै होटलबाट बाहिरिनुपर्‍यो । कर्मचारीसँगको विवादपछि निर्देशक उकेश दाहाल अबदेखि सांग्रीला होटलमा कहिल्यै नपस्ने भन्दै क्रीउ लिएर बाहिरिए ।लफडा यतिबेलादेखि सुरु भएको जतिबेला होटल ब्यवस्थापनले फुलबारीमा निश्चित समयसम्मका लागि मात्र सुटिङ गर्न अनुमति दिएको थियो । तर, प्रमुख अभिनेता महानायक राजेश हमाल सुटिङ स्पटमा ढिला आइपुग्दासम्म होटलले दिएको समय सकिइसकेको थियो । राजेशको कपाल स्टेट गराउन मात्र दुई घन्टा लाग्दासमेत सुटिङ नभएपछि कर्मचारी निर्देशक प्रति आक्रोशित भएका थिए । यो अन्तिम सट् भन्दै एक घन्टासम्म यो क्रम चलिरहेपछि कर्मचारी जंगिएका थिए ।अन्तिम दृश्यमा राज तिमल्सना प्रवेशको सट् खिच्नुपर्ने थियो । तर, विवादले खिच्न पाएन फिल्मले । दिएको समयभन्दा बढी समय सुटिङ भैरहेका होटलका पाहुनाहरुलाई डिस्टर्ब हुने होटल ब्यवस्थापनको भनाई थियो । जहिल्यै सुटिङमा ढिलो पुग्ने हमालको यो बानीले यहाँपनि समस्या निम्तायो । चलचित्र 'किन किन'मा प्रशस्तै बोल्ड सिनहरु समेटिएको छ । यसैबीच यसअघि निकालिएकी भनिएकी अरुणिमा लामाले आफू निकालिएको नभई निस्किएको मात्र भएको बताएकी छिन् ।

0 comments:

Post a Comment