ज्योतिषले बदले महानायकको मन !

बाइस वर्षदेखि नेपाली फिल्ममा राज गर्दै आएका महानायक राजेश हमाल कहिल्यै अरुको कुरामा लागेनन् । पसर्नल लाइफ र प्रोफेसन लाइफलाई भिन्न तरिकाले प्रयोग गर्दै आएका यी अभिनेता सबैको कुरा सुन्ने तर आफै निर्णय गर्नेगर्छन् । त्यसैले अरुभन्दा फरक छन् उनी ।तर, कसैको कुरा नसुन्ने महानायकले एक युवा ज्योतिषीको भनाइमा लागेर आफ्नो प्रेमयात्रालाई बीचमै छाड्ने मनस्थिती बनाएका छन् रे । काठमाडौं मैतीदेवी निवासी १९ वर्षिय युवा ज्योतिषी हरिहर अधिकारीले राजेशको प्रेम र विवाहका बारेमा गहिरो विश्लेषण गरिदिएपछि आउँदो वर्ष विहेको तयारीमा जुटेका हमालको मनस्थिती बदलिएको बताइन्छ ।ज्योतिषी अधिकारीले मलेसियामा सम्पन्न युवा ज्योतिष सम्मेलनमा एसियाबाट उत्कृष्ट ज्योतिष अवार्ड जितेका थिए । राजेश विराटनगरकी मधु केसीसँग विहे गर्ने सुरसारमा थिए । हमालको दही जम्छ कि जम्दैन हेर्न बाँकी छ ।

0 comments:

Post a Comment