अचानकै आयो अचानक

गत पुष २१ गते पालो पाएर पनि प्रदर्शन हुन नसकेको चलचित्र 'अचानक' अन्तत: शुक्रबारबाट देशव्यापी रूपमा अचानकै प्रदर्शनमा आएको छ । पालो पाएको बेला चलचित्र तयार नभएपछि सरेको चलचित्र 'अचानक' सञ्चारमाध्यममा चलचित्रको राम्रै प्रचारप्रसार हुनु पर्दछ भन्ने मन्यतालाई तोड्दै करिब आठ महिना पछि प्रदर्शनमा आएको हो । देशभक्त खनालले निर्देशन गरेको चलचित्र अचानकलाई डिजिटल सिनेमा नेपालले बितरण गरेको हो । निखिल उप्रेती, दिलिप रायमाझी, गौरी मल्ल, जेसिका खड्का, उषा पौडेल, रेजिना उप्रेती, सुनिल थापा, सुनिलदत्त लगायतका कलाकारहरूको अभिनय रहेको सो चलचित्रलाई सरोज शर्माले निर्माण गरेका हुन् । जन्म, प्रेम, बिबाह, बिछोड, द्धन्द्ध, कलह, दुश्मनी, मृत्यु सबै कुरा अचानक हुन्छ, जे पनि हुन्छ थाहै नदिई अचानक हुन्छ भन्ने विषयमा निर्माण भएको चलचित्र तिरुपति पिक्चर्स प्रालिको व्यानरमा निर्माण भएको हो ।निर्देशक खनालकै कथा रहेको सो चलचित्रमा गीत डा. कृष्णहरि बराल, दिनेश सुवेदी र दयाराम पाण्डे, संगीत महेश खड्का, नृत्य गोविन्द राई, द्धन्द्ध एनबी महर्जन, छायाकन दीपक ढकाल, सम्पादन तारा थापा किम्भेको रहेको छ ।

0 comments:

Post a Comment