आर्यनको रेट १३ लाख

आर्यन सिग्देल समकालिन नेपाली चलचित्रका सर्वाधिक महंगा अभिनेता दरिएका छन् । आर्यनले आइतबार एक बंगाली चलचित्रमा साइन गरे । नाम तय नगरिएको लभस्टोरी श्रेणीको सिनेमामा आर्यन ८ लाख आइसी (१२ लाख ८० हजार नेरु)मा अनुबन्धित भए । आर्यनलाई साइन गराउनैका लागि निर्माता अमरदेव मुम्बइबाट शनिबार नेपाल आएका थिए ।फिल्ममा आर्यनले चर्चित बंगाली अभिनेत्री सावन्तसँग अनस्क्रीन रोमान्स गर्नेछन् । फिल्ममा आर्यनका तीन भूमिका देखिनेछन् । गरिब, पागल र बदला लिने भूमिकामा आर्यन देखापर्नेछन् । नेपाली र बंगाली दुबै भाषामा निर्माण हुने चलचित्रको सुटिङ नेपाल र भारतमा हुने चलचित्रका अर्का निर्माता टीकम शर्माले बताए । ९० लाख बजेटको चलचित्रका निर्देशक केहीदिनमा तय हुनेछन् । आर्यनको नेपाली रेट ६ लाख हो पछिल्लो समय हिट नेपाली फिल्महरु पस्किएका आर्यनलाई पाँचवर्षसम्म कम्पनीमा अनुबन्धित गरिएको निर्माता शर्माले मेरोसिनेमालाई बताए । 'हामी आर्यनलाई ४० लाख आइसीको हिरो बनाएरै छाड्छौं' टीकमले भने । फेव्रुअरीमा सुटिङ हुने चलचित्रका लागि आर्यन चाँडै मुम्बइ जाँदैछन् ।

0 comments:

Post a Comment