बढ्दैछ ऋचाको ढुकढुकी

फस्ट लभ डेब्यू नायिका ऋचा शर्माको ढुकढुकी अहिले निकै बढि रहेको छ । उनी निकै उत्साहित भएकी छिन् । कारण उनले अभिनय गरेको चलचित्र 'मेरो लभ स्टोरी' प्रदर्शनको तयारीमा छ ।यहि असोज १६ गतेबाट देशभरका सिनेमा घरमा प्रदर्शन हुन लागेको सो चलचित्रमा ऋचाले मुख्य भुमिका निर्वाह गरेकी छिन् । फस्ट लभबाट राम्रै प्रशंसा पाएकी यि नायिकाले यस चलचित्रबाट अझै बढि प्रशंसा पाउनेमा ढुक्क छिन् । फस्ट लभमा भन्दा राम्रो काम गरेकाले पनि राम्रो प्रशंसा पाउनेमा उनी बिश्वस्त भएकी हुन् । मेरो एउटा साथी छ र के यो माया हो निर्देशन गरेका सुदर्शन थापाले उनको अभिनय कलालाई निखारेको बुझिएको छ ।आइकोर फिल्मसको व्यानरमा सुरज आचार्य र प्रभुशमसेर राणाले निर्माण गरेको सो चलचित्रमा ऋचाले आर्यन सिग्देल र बिनय श्रेष्ठसँग अन्स्क्रिन रोमान्स गरेकी छिन् । चलचित्रलाई सुनिल मानन्धरले बितरण गर्ने छन् ।

0 comments:

Post a Comment