हिन्दी र बंगालीमा 'सायद' रिमेक हुने

नेपाली सिनेमा 'सायद'लाई हिन्दी र बंगाली भाषामा रिमेक गरिने भएको छ । भारतीय निर्माण संस्था देव क्रीएटिभले सोमबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी सो जानकारी दिएका हो । रिमेकका लागि कम्पनीले ४८ लाख रुपैंयामा सिनेमा र संगीतको प्रतिलिपि अधिकार खरिद गरेको छ । भारतीय सिनेमाको कपी भनेर आलोचना हुँदै आएको नेपाली फिल्मलाई पहिलोपटक भारतीय फिल्म निर्माण कम्पनीले खरिद गरेको हो ।सो अवसरमा कम्पनी प्रमुख अमरदेव र निर्माण संस्था दुर्गिश फिल्मसका सुनिल रावलबीच सम्झौतापत्रमा हस्ताक्षर भयो । बंगाली र हिन्दी भाषामा रिमेक गरिने सिनेमामा 'सायद'का जुनियर कलाकारहरुको अभिनय र संगीतलाई जस्ताको तस्तै राखिनेछ भने सिनियर कलाकारमा स्वयम चर्चित बंगाली कलाकारहरु देखापर्नेछन् । 'यो हाम्रो पहिलो प्रयास हो' संवाददाताहरुसँग बोल्दै कम्पनी प्रमुख अमरदेवले भने 'नेपाली सिनेमाको अन्तराष्ट्रियकरणका लागि यो सार्थक पहल हुनेछ ।'चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारी, निर्देशक केपी पाठक, निर्माता राजकुमार राई, सुनिलकुमार थापा, बंगाली निर्माता टीकम शर्मालगायतले नेपाली सिनेमाको विदेशी रिमेक महत्वपूर्ण हुने बताए । दसैंपछि नेपाल र भारतका कतिपय स्थानमा पुनःसुटिङ गरेर रिमेकको काम थालिने जनाए । 'जुनियर जेनेरेसनलाई रिमेकमा समिटिनेछ' शर्माले भने 'संगीतलाई हिन्दी भस्रनमा डबिङ गरिनेछ ।' इजरायलबाट विदेश यात्रा थालेको फिल्म 'सायद' पुस्तान्तरको समस्यामा आधारित छ । फिल्मलाई नेपाली निर्देशक सुरज सुब्बाले निर्देशन गरेका हुन् ।सो अवसरमा पूर्वेली गायक डेभिड शंकरद्धारा गायनबद्ध एल्बम 'माइ ड्रीम्स'को विमोचन समेत गरियो । बिग प्रोडक्सन हाउसले बजारमा ल्याएको उक्त एल्बमलाई निर्माता राजेश घतानीले विमोचन गरे । डेभिडले उनै निर्माता घतानीको अपकमिङ प्रोजेक्टमा पाश्र्वगायन गर्नेछन् । फिल्ममा संग्रहित गीतमा बाबु बोगटी, प्रमोद खरेलको संगीत छ भने शब्द घतानीको पनि छ ।

0 comments:

Post a Comment