'दुस्मन'ले पाएनन् प्रीमियर निम्तो !

हालैको एक मध्यान्ह निर्देशक शंकर घिमिरे डीसीएनको चौंथो फ्लोरमा टेन्सनमिश्रित भावमा भेटिए । उनको अनुहार पढ्दा लाग्थ्यो -यी अधवैंशे निर्देशक सायद 'ब्रेकफेल'को चटारोमा छन् । चियागफको क्रममा उनी अज्ञात चलचित्रकर्मी र वितरक सुनिल मानन्धरमाथि झोक्किए । आक्रोशको केन्द्रविन्दुमा वितरक मानन्धरलाई लिनुपछाडिको कारण बुझ्न कठिन थिएन । कारण उनै सुनिलले वितरण गरेको चलचित्र 'शिलशिला' पनि शुक्रबारदेखि ब्रेकफेलको समयमै रिलिज हुँदै थियो ।झन्डै दसमिनेट लामो बसाइमा शंकर 'ब्रेकफेल' प्रदर्शनमा समस्या पारेको भन्दै सुनिललगायतका अन्य पक्षमाथि खनिए । उनका आक्रोशका शब्दहरु सुन्दा लाग्थ्यो -यी बूढालाई रिलिजले साह्रै टेन्सन पारेछ । उनी चाहन्थे -'भदौ १६ गते 'ब्रेकफेल'मात्र चलोस । 'ब्रेकफेल' मात्र एकलौटी होस् ।' उनको चाहनामा सुनिल सायद अवरोधक हुनुपर्छ । 'रिसमा बाहुनले बेद पढ्दैन' भनेजस्तै सायद उनले सातमहिनादेखि फिल्म जुधिरहेको अतियथार्थलाई आँखा चिम्लिदिएका थिए कि ? राम्रो फिल्म बनेको भए किन प्रतिस्पर्धाबाट डराउनुपर्‍यो र ?किनभने चलचित्र 'शिलशिला' क्यू च्यानलबाट रिलिज हुँदै थियो । आफ्नो हितमा शंकरको रोष जायज रहेपनि वितरक सुनिल मानन्धर भने क्यू च्यानलको फिल्म डेटलाई आफूले दायाँबायाँ गर्न नमिल्ने बताउँछन् । 'मेरै फिल्म पनि भनेकै मितिमा रिलिज गर्नुपर्छ' सुनिल भन्छन् 'राम्रो फिल्म बनाएको भए किन कम्पिटिसनबाट भाग्नु पर्‍यो' शंकर दम्पतिको यो क्रोध भने रिलिजको हिस्सासँग मात्र जोडिएको छैन । महानायक राजेश हमालको पब्लिसिटीसँग घिमिरे दम्पति खुलेरै आलोचनामा उत्रेका थिए । हिजोआज त मिडियादेखि सबैसँग ऋचा र शंकर आफ्नो पछाडि दुस्मन र खुट्टा तान्ने लागेको भनेर भन्न थालेका छन् ।दुस्मनबारे उनीहरुले किटेरै उल्लेख नगरेपनि ती कथित दुस्मनलाई ऋचा दम्पतिले जयनेपालबाट कुमारी हलमा सारिएको प्रीमियरको निम्तो पनि दिएका छैनन् रे ! स्रोतका अनुसार आफू निकट पत्रकार र मिडियाबाहेकलाई 'ब्रेकफेल'को निम्तो नदिएर उनीहरुले बदला लिएका हुन् रे ! तर, यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ । जसले गर्दा चलचित्रको स्वतन्त्र समालोचना हुन पाउँदैन । एउटा पक्का के हो भने शुक्रबारदेखि नै रिलिज हुने 'शिलशिला' र 'मेरो राजेश दाई'लाई ब्यावसायिक चुनौति दिन 'ब्रेकफेल'लाई कठिन पर्ने देखिन्छ । 'सौभाग्य' र 'मेरो राजेश दाई'को होल्डओभरले डीसीएनको औषत २५ हलमा मात्र 'ब्रेकफेल' खुम्चिइसकेको छ ।

0 comments:

Post a Comment