आर्यनले तिरे बैगुनीलाई गुन !

यस्तो लाग्छ –आर्यन र रेखा गसिपका ती पात्रहरू हुन् जो आपसको सम्बन्धलाई लिएर बेला–बेला चर्चामा आइरहन्छन् । यी दुईको विकसित सम्बन्धलाई बुझ्न हालैको एक अवार्ड कार्यक्रमको किस्सा पर्याप्त छ । जुन किस्सालाई लिएर मिडियाले रेखा र आर्यनलाई पछ्याइरहे । उक्त समारोहमा आर्यन रेखाका हिरो त बन्न सकेनन् तर अहिले आएर आर्यनले रेखालाई आफ्नो सबैभन्दा जोडी सुहाउँदो हिरोइनका रुपमा नाम लिएका छन् । अहिलेसम्म काम गरेका नायिकाहरूमध्ये दर्शकले आफूलाई रेखाको जोडीसँग सुहाएकाले फेरी हेर्न चाहेको आर्यनले बताएका छन् । रेखा फिल्मसकै हिट सिनेमा 'किस्मत'बाट आर्यन रेखाको जोडीसँगै हिरोका रुपमा रजतपट डेब्यु गरेका थिए । यो जोडीले पछि पनि सफल सिनेमा 'कसले चोर्‍यो मेरो मन' सँगै गर्‍यो । त्यसपछि सुरु भयो असमझदारीको श्रृङ्खला । यतिसम्मकी कुनैबेला मनपराइएको यो जोडी यतिबेला उत्तर र दक्षिण फर्किएको छ ।तर, आफूसँग जोडी सुहाउने भनेर आर्यनले रेखालाई फकाउन खोजेका हुन् कि बैगुनीलाई गुन तिर्न । कमसेकम बोलीबाट भएपनि आर्यनले रेखालाई गुन लगाएको मान्नुपर्छ । संयोगमात्र होइन होला, हालैको एक चियागफमा रेखापति छविले आर्यन र रेखा नेपाली फिल्मका स्टारपावर भएको बताएका थिए । छवि त आर्यनप्रति नरम छन् भने रेखा किन अनुदार ? मिले भैहाल्यो नि –आर्यन र रेखाको सुहाउँदो जोडी ।

0 comments:

Post a Comment