एक किसका लागि आठ टेक

सुटिङ्ग भन्ने चिज नै त्यस्तै हो जो भनेकै समयमा कुनै काम बन्दैन । अझ टेकको समयमा कलाकार तयार भएको बेला निर्देशक तयार नहुनु र निर्देशक र कलाकार दुवै तयार भएका बेला क्यामेरापस्रन तयार नहुदा एउटै सिनका लागि घण्टौ समय लग्नु फिल्म निर्माणको एउटा तितो यथार्थ पनि हो । जुन यथार्थ अभिनय गर्नेलाई भन्दा हेर्नेलाई नै बोर लाग्न सक्छ ।तर त्यही घण्टौ लगाएर खिचिएको दृश्य जव पर्दामा देखिन्छ तव आखाँ रमाउदाको मज्जा भने भिन्नै हुन्छ । र ती रोमन्चक दृश्य हेर्ने समय अब आएको छ जुन नौलो त हैन तर हेर्दा भने मज्जा लाग्न सक्छ । अर्थात भनौ ती दृश्यमा दर्शकदीर्घबाट तालीको परर्रा छुट्न सक्छन । प्रसङ्ग हो आउदो भाईटिकाको दिन देखि देशब्यापी रिलिज हुन लागेको चलचित्र हाम्रो माया जुनीजुनीलाईको । जहाँ चलचित्रको एक सिनमा मुकेश ढकालले रिसको मुद्रामा नीता ढुङ्गगानको कपाल समाउदै किस गरेका छन् । किस किलर हिरोले समेत परिचित मुकेशले यो फिल्मका लागि ८ सिनमा नीतसंग किस गरेका छन् । जुन सिन खिच्नका लागि निर्देशक ऋषि लामिछानेलाई धेरै समय लागेको थियो । उनी भन्छन् 'कहिले म तयार नहुने कहिले क्यामेरापस्रन तयार नहुदा मुकेशले धेरै पटक नीतासंग किस गर्नु परेको थियो, सायद ती सवै सट कैद गरेको भए मात्र पनि किसैकिसको एउटा छुट्टै फिल्म बन्थ्यो ।'यस्तै एक सिनमा यस्तै फिल्ममा आठ स्थानमा किस सिन राखिएपनि सम्पादनको क्रममा ३ सिन मात्र फाईनल गरिएको ऋषिले बताएका छन् । तर ती सिन रहर नभई स्क्रिप्टको आवश्यक्ताले आफूले प्रयोग गरेको उनी बताउछन् । र किस सिन कैद गर्दाको क्षण सम्झदै उनी भन्छन् 'एक किसका लागि त आठ टेक समेत लिनु परेको थियो ।' पछिल्लो समय ब्यस्त रहेका हिरो मुकेश ढकाल आजकाल जुन फिल्ममा अभिनय गर्छन त्यहा उनले कुनै एक हिरोईनसंग किस सिन दिन भ्याएका हुन्छन् । उनले अरुणिमा लम्सालसंग चलचित्र निगरानी र आफ्नो मान्छे आफ्नै हुन्छमा लिपकिस दिएका थिए । यस्तै रिलिज हुन लागेको उनको आर्को फिल्म प्लानमा उनले तीन नवनायिका रागिनी खड्गी , अनुष्का ढकाल र अनिता दाहालसंग पनि किस गर्न भ्याएका छन् रे । तर हाम्रो माया जुनीजुनीलाईमा नीता ढुङ्गानासंगको किस सिन कस्तो होला त्यो भने फिल्म हेरेपछीनै थाहा होला । मुकेश हिरोईन मेलिना मानन्धरका पति हुन । निरुताको पहिलो किस
यस्तै कात्तिक २५ गते देखि रिलिज हुन लागेको चलचित्र फर्कि आऊमा पनि किस सिन छ जहाँ महानायक राजेश हमालले निरुता सिंहलाई लिप किस गर्न भ्याएका छन् । निरुताले दुई दशक अभिनय यात्रामै पहिलो पटक किस सिन दिएकी हुन ।बीस बर्षको अभिनय यात्रापछी राजेश हमालले दीपेन्द्र के. खनालको डेब्यू फिल्म द् युग देखि युग सम्ममा हिरोईन नन्दिता केसीसंग चुम्बनका दृश्य दिने मौका पाएका थिए । त्यसपछी केही चलचित्रमा उनलाई त्यस्तै सिनका लागि आग्रह गरिएको जुन आग्रह उनले सजिलै स्वीकार्दै पनि आए । र यहि अभिनयको दौरानमा समकालिन हिरोईन निरुतासिंह संग पनि उनले चुम्बनका दृश्य दिन भ्याएका छन् । तर अभिनयमा निखारिएका हमाल र निरुताले एक टेकमै लिप किस सिन ओके गरेको गीतकार समेत रहेका फर्कि आऊ का निर्माता बाबुराम दाहालको भनाई छ ।

0 comments:

Post a Comment