प्रमोसनका लागि निरुता काठमाण्डू

'दर्पण छायाँ' हिरोइन बुधबार पुनः नेपाल आएकी छिन् । निरुता सिँहको नेपाल आगमन भने अभिनयका लागि होइन, सिनेमा प्रमोसनका लागि हो । तिहारपछि रिलिज हुन लागेको चलचित्र 'फर्कि आऊ'को प्रमोसनका लागि मात्र उनी काठमाण्डू ओर्लेकी हुन् । उनी अभिनित एकाध सिनेमा रिलिजको लाइनमा रहेपनि निरुता पछिल्लो समय नेपाली सिनेमाबाट टाढिएकी थिइन् । उनी पछिल्लो समय मुम्बइ र घर सिलुगढी बस्दै आएकी छिन् । कात्तिक २५ मा रिलिज हुने 'फर्कि आऊ'मा निरुता राजेश हमालको अपोजिटमा छिन् । यो सिनेमालाई नेपाली मिडियाले उनको पुनरागमनसँग जोडेका छन् । पोहोर सार्वजनिक भएको निरुता स्टारर चलचित्र 'देश' रजतपटमा असफलप्रायः भएको थियो । लगत्तै उनले 'मलाई मनपर्‍यो' र 'द गेम' गरिन् अनि भारत उडिन् । 'फर्कि आऊ' प्रमोसनपछि उनी फेरि भारत फर्कनेछिन् । ‘सँधैका लागि भने होइन’ मेरोसिनेमासँग उनले भनिन्, ‘राम्रो प्रोजेक्ट हात पर्‍यो भने फर्किहाल्छु नि ।’खासगरी डिजिटल सिनेमा बन्ने क्रमसँगै उनको 'मार्केट भ्यालु' आरोलो लागेको अनुमान गरिएको थियो । 'फर्कि आऊ'मा निरुताको भूमिकाहरू युवती हुँदै प्रौढ र वृद्ध उन्मुख छन् । राजेश हमाल विदेशमा रहेकाले 'फर्कि आऊ'को प्रमोसन निरुता एक्लैले गर्ने निर्माता बाबुराम दाहालले बताए । अभिनेता समेत रहेका ओम प्रतीकले फिल्म निर्देशन गरेका हुन् । निरुताले अपकमिङ सिनेमा 'द गेम' पनि प्रमोसन गर्ने बताइन् ।

0 comments:

Post a Comment