सेलिब्रेटीको दशैं खर्च ?

बुधबारबाट यो बर्षको दशैं पनि सुरू भएको छ । घरघरमा जमरा राखेर सुरू भएको दशैंले सर्वसाधारणलाई झै चलचित्रकर्मीलाई पनि त्यतिकै छोएको छ । कसैले दशैंको सपिङ गर्न भ्याईसके भने कोही सुटिङको ब्यस्तताले केही दिनमा मात्र आफूलाई दशैं लाग्ने बताएका छन् । यस पटक कलाकारले दशैं कसरी मनाउँदै छन् र बजेट कति छुट्याएका छन् त ? एक रिपोर्ट - करिश्मा मानन्धर
सपिङ : जोईन्ट फेमली भएकाले अघिल्लो बर्ष भन्दा यो बर्ष अलि बढी खर्च हुन्छ । तर यति नै खर्च हुन्छ भनेर यकिनका साथ भन्न सक्दिन । मासु : घरमा काटमार नगर्ने भएकाले मासु बाहिरबाट नै किनेर ल्याउँछौ । कति खर्च हुन्छ भन्न सकिन्न । घुमघाम : लण्डनबाट सासु-ससुरा आउनु भएको छ त्यसैले यो पालि घुम्न जाने कुरै भएन । मदिरा : साथीभाईलाई अलि अलि ट्रिट दिईन्छ । अनि पाहुनाहरूले पनि कोसेली ल्याउने भएकाले मदिरामा त्यति खर्च हुदैन । तास : हाम्रो घरमा तास खेल्ने चलन नै छैन । झरना थापा
सपिङ : नढाटिकन भन्ने हो भने सुटिङको ब्यस्तताले गर्दा सपिङका लागि परिवारलाई टाईम नै दिन भ्याएको छैन । त्यसैले श्रीमान (सुनिल कुमार थापा) ले नै सपिङ गरिहनु भएको छ । सायद सपिङको लागि २० देखि २५ हजार खर्चनु हुन्छ होला । मासु : पाहुना र परिवारका लागि १० देखि १५ हजार सम्मको खसी किनिन्छ र गाडी पनि भएकाले अष्टमीका दिन बलिका लागि ५ हजार सम्मको बोका पनि किन्नै पर्ने हुन्छ । घुमघाम : आफन्तको टिका थाप्ने र आउनेलाई टिका लगाएरै रमाईलो गरिन्छ । घुमघामका लागि कहि गईदैन । मदिरा : २ देखि ३ हजार सम्मको ह्वाईट वाईन पिउनेछु । तास : २ हजार सम्मको बच्चहरूसंग जुट पति र फलास खेल्नेछु । आर्यन सिग्देल
सपिङ : एक हप्ता देखि विरामी भएकाले सपिङ त के बाहिरको माहोल कस्तो छ भनेर समेत थाहा छैन । त्यसैले औषधी नै मेरो सपिङ भयो । मासु : मासु र मदिरालाई पनि छुने पक्षमा छैन । घुमघाम : मेरो लभस्टोरीको आईतवार प्रिमियर हुँदैछ त्यसैले प्रिमियरको भोली पल्ट नै थानकोट गएर आराम गर्ने छु । तास : दशैंको टिका लगाएर खान पिन गरेपछी सबैले तास खेलेर रमाईलो गर्छन् त्यसैले मुड चले म पनि एक दुई हात खेल्दिन्छु । ऋचा घिमिरे
सपिङ : यसपालि घरको तल्ला समेत थपेकाले घर र पर्सनल दुवैको सपिङ भईरहेको छ । कति भयो हिसाव गर्‍या छैन र यो सपिङ सप्तमीको दिनसम्म जारी रहन्छ । मासु : माछा मासु श्रीमान (शंकर घिमिरे) को जिम्मा भएकाले त्यस प्रति मेरो बजेट भ्यू हुन्न । घुमघाम : घुम्ने कुरामा ब्रेकफेल रिलिजको टाउको दुखाईलाई माईन्ड फ्रेस गराउन सिक्कम जाने कुरा छ तर फिक्स छैन । मदिरा : यो दशैंमा ह्वाईट वाईन दुई गिलास पिउने बिचारमा छु । तास : तास प्रति आफ्नो इन्ट्रेष्ट कहिल्यै नभएकाले खेल्ने कुरै भएन । राजबल्लभ कोइराला
सपिङ : अस्ति भर्खर 'ए फर अमेरिका' को सुटिङको लागि पाँच हजारको लुगा किनेको थिएँ । दशैको लागि भनेर त्यस्तो खासै सपिङ गरिन । पछिल्लो समय लुगा किन्ने र थुपार्ने काम मात्र धेरै भईरहेको छ । मासु : मासु किन्ने पैसा मेरो बजेटमा पर्छ जस्तो लाग्दैन तर च्याङग्रा मन पर्ने हुनाले १२ हजार सम्मको किनिन्छ होला त्यसमा परिवारलाई सहयोग गर्ने कुरा पोखरा पुगेपछी मात्रै थाहा हुन्छ । घुमघाम : दशैंको तीन दिन पोखरा बसाईमा नै बित्ने भएकाले खासै घुमघाम गरिंदैन । त्यहि हो काठमाण्डूबाट पोखरा आवतजावतका लागि बढीमा दश हजार । मदिरा : मदिराको भनौं वा कोल्ड ड्रिङ्क्स त्यसका लागि बजेट यति हुन्छ जस्तो लाग्दैन । यदि खाएपनि तीन दिनको पोखरा बसाईका क्रममा मेरो भागमा तीन हजार पर्ला । तास : म त्यति तास खेल्ने मान्छे हैन । पोहोरको बर्ष तिहारमा तास खेलेको थिएँ । त्यसैले खेलिहाले तिहारमा खेल्छु तर दशैंमा खेल्दिन । रेजिना उप्रेती
सपिङ : यो बर्ष किन हो किन मलाई दशै आए जस्तो लागेको छैन त्यसैले दशैको लागि बजेट सोचेको छैन । सपिङ पनि केही गरेको छैन । मासु : मासुका लागि घरमै खसीको ब्यवस्था भएकाले मेरो खर्च हुँदैन । घुमघाम : फूलपातिको दिन घर धादिङ पुग्छु त्यसैले मेरो घुमघाम गजुरी र नयाँ बानेश्वर नै हुनेछ । त्यसको लागि खासै धेरै खर्च हुँदैन । तास : तास पनि खासै खेल्ने पक्षमा छैन । तै पनि साथीहरूसँग अलि अलि खेल्नु पर्ला । रेश मरहठ्ठा
सपिङ : सपिङ अमेरिका र लण्डनमा ५ हजार डलरको गरिसकें । मासु : किचनको कुकलाई सोध्नु पर्छ कति चाहिन्छ भनेर । घुमघाम : परिवारसँग काठमाण्डौमा नै दशैं मनाउने भएकाले घुम्नमा खर्च हुँदैन । मदिरा : वाईनमा त्यति इन्ट्रेष्ट छैन । आमाले खाएको थाहा पाए मार्नुहुन्छ । तास : फलासमा धेरैनै इन्ट्रेष्ट छ । जति सम्म मन लाग्छ त्यति खेल्ने योजनामा छु । यसमा त बजेटको कुरै नगरौ ।

0 comments:

Post a Comment