नेपाली नायिकाहरु अब चलचित्रमा नाँङ्गै सुटिङ गर्न पछि नपर्ने। Watch video

अनिल ढकाल, चितवन संवाददाता - शुरुका अवस्थामा बनेका नेपाली सिनेमाले गाउँघरको वास्तविक कथालाई चित्रण गरेको हुन्थ्यो । गाउमा हुने शोषण, दमन, गाउँमा हुने प्रेम कथा, सामाजिक परिवेशलाई जीवन्त रुपमा पर्दामा उतारिन्थ्यो । अश्लिल संवाद र दृश्यको बाढी आउन थालेपछि सेन्सर वोर्डले पनि चलचित्रको सेन्सरमा केहि कडाई गर्न थाले पनि यौनजन्य दृष्य राखिएका र अश्लिल संवाद सहितका चलचित्र बनाउने क्रम रोकिनुको साटो अझ बढेको छ । त्यसैले समाजको माग अनुसारको भन्दै बनाइएका यस्ता चलचित्रले एउटा गम्भीर प्रश्न उठाएका छन्, के नेपाली समाजको माग यस्तै अश्लिलता र खुलेआम यौन गतिविधी हो त ? सेक्सका दृष्य र छाडा शव्द राख्नासाथ फिल्म राम्रो चल्ने मनसायले निर्माता निर्देशकका ध्यान
गईरहेको छ ।यही आधारमा नेपाली चलचित्रहरु अगाडि बढ्ने हो भने नेपाली चलचित्र उद्योगको अन्त्य धेरै टाढा छैन ।सकिन्छ भने चलचित्रलाई मर्यादित र सकारात्मक बनाउनु पर्छ, कि चलचित्र अत्याधुनिक बनाईनु पर्छ । फेरी अत्याधुनिक भनेको सेक्स वा नायक नायिकाको कपडा फुकाल्नु वा अश्लिल शब्द बोल्नु कदापि होईन तर अहिले नायक, नायिका तथा निर्देशको बुझाई नायक र नायिकालाई नङ्ग्याउनु र भद्धा किसिमले अश्लिल शब्द प्रयोग गर्नु बुझ्नमा आएको छ । नेपाली चलचित्र बजार. कता जादैछ नेपाली चलचित्र बजार ?नेपाली सेक्स साइकोलोजी सिनेमालेले नेपाली फिल्म बजार तताएको छ । नेपाली सिनेमा र नेपाली दर्शकबीच यस्तो फाटोको स्थिती आउनुको कारण के छन् ? त्यसो भए के दर्शकीय मनोविज्ञानमा परिवर्तन भएको हो ?
पछिल्लोपटक नेपाली सिनेमामा यौनजन्य विषय उठान र भद्धा प्रस्तुती हुन थालेपछि नेपाली सिनेमामा विकृति भित्रिएको भन्दै चिन्ता सुरु भएको छ। नेपाली चलचित्रको वर्तमान अवस्थाको विश्लेषणात्मक अध्ययन गर्दा अर्को एउटा पाटो पनि छ जसले नेपाली क्षेत्रको सुधारको दृश्य देखाउँछ । नेपाली चलचित्र सकिन लाग्यो भन्नेहरूले इङ्गित गरेको ।


डि. सि. नेपाल

0 comments:

Post a Comment