सुष्मा रिमझिम पानीमा रुझ्दा…? (भिडियोसहित)

चलचित्र बिन्दासको रिमझिम रिमझिम पानी पर्यो…..बोलको गीतमा नायिका सुष्मा कार्की निक्कै नै बोल्ड देखिएकी छिन् । पानीमा छायांकन गरिएको यो गीतमा सुष्माको जवानी प्रष्टसँग छचल्किएको देखिन्छ । नायिकाले पनि खुलेरै पानीमा आफ्नो जवानीलाई भिजाएकी छिन् ।राजु गिरीको निर्देशनमा तयार भएको चलचित्र बिन्दासलाई मधुकुमार श्रेष्ठले निर्माण गरेका हुन् । चलचित्र बिन्दासमा दुईवटा गीत रहेको छ । जसमध्ये एक गीतमा सुष्माको जवानीलाई पानीमा भिजाईएको छ ।नायिका सुष्मा मात्र होईन, चलचित्रबाट नै सिनेमा क्षेत्रमा उदाउने तयारीमा रहेकी नव नायिका रोशनी घिमिरे पनि मझैले पानीमा रुझेकी छिन् र उनको जवानीलाई पनि चलचित्रको पर्दामा निर्देशकले उतार्न कुनै कञ्जुस्याईं गरेका छैनन् ।यी दुईसँग दुई नायक अशोक फुयाल र सुशान्त कार्कीले पर्दामा रोमान्स गरेको देख्न सकिन्छ । अर्जुन पोखरेलले संगीत भरेको यो गीतमा दुर्गा खरेलले आवाज दिएकी छिन् । नायक तथा नायिकालाई पानीमा रुझाउने
काम नृत्य निर्देशक महेश गोदाले गरेका हुन् ।

0 comments:

Post a Comment