जयकिशनले कण्डम फुक्दा सेन्सर बोर्डमा ताली

नायक जयकिशन बस्नेतले कण्डम फुक्दा सेन्सर बोर्डभित्र मजैले ताली बजेको छ । सेन्सरमा पाएको झमेलाका विषयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नायक जयकिशनले भने -’बाहुन, क्षेत्री, नेवार भन्ने शब्द नराख्न भनेको सेन्सर बोर्डले कण्डम फुकेको दृश्यमा चाहिं केही पनि भनेन ।’ असार २९ गतेबाट रिलीजमा आउन लागेको जयिकिशनले बनाएको चलचित्र ‘तँ त साह्रै सपि्रस नि बदि्र’ले उठाएको राष्ट्रियताको विषयमा सेन्सर बोर्डले आपत्ति जनाए पनि केही छाडा शब्दमा भने केही बोलेको छैन । ‘चलचित्र ‘म ब्लू फिल्मको हिरो’, ‘तेरीमा चिनी चियापत्ति’ भन्ने शब्दलाई केही नगर्नुले नेपाली सिनेमा क्षेत्रलाई सेन्सर बोर्डले कतातर्फ लाँदैछ भन्ने कुरा देखाउँछ’ पत्रकार सम्मेलनमा चलचित्रका निर्देशक शोभित बस्नेतले भने । यस्तै सिनेमाको शीर्ष भुमिकामा देखिएका नायक तथा निर्माता जयकिशनले भने -’भल्गर सिनमा सेन्सर बोर्डका कर्मचारीले मजैले ताली बजाउनु भयो, तर हामी सबै नेपाली हौं भन्ने शब्दमा आपत्ति जनाउनु कतिसम्म जायज छ ?’ ३ पटकसम्म सेन्सर बोर्डमा हेरिसकेपछि चलचित्र तँ त साह्रै सपि्रस बदि्रले युनिभर्सल अर्थात सबैले हेर्न
मिल्ने सिनेमाको सर्टिफिकेट पाएको छ । चलचित्रलाई सेन्सरबोर्डले झमेलमा पार्दा पनि कोही पनि चलचित्रकर्मी नबोल्नु आफैमा दुखद भएको निर्देशक शेभित बस्नेतले बताए । यसैबीच चलचित्र तँ त साह्रै सपि्रस नि बदि्रलाई देशभरका बदि्र नाम गरेका व्यक्तिहरुले निःशुल्क हेर्न पाउने भएका छन् । निर्माणपक्षले दिएको जानकारी अनुसार नागरिकता लिएर हलमा गए सबैले निःशुल्क हेर्न पाउनेछन् । तर सिनेमा हलमा पुग्ने सबै बदि्रले म सप्रेको बदि्र भनेर नागरिकता देखाउनुपर्ने निर्माणपक्षले बताएको छ । शोभित बस्नेतको निर्देशनमा तयार भएको यो सिनेमा असार २९ गतेबाट देशभरका हलमा लाग्ने बताईएको छ । चलचित्रमा जयकिशनका साथमा रेजिना उप्रेती, शोभित बस्नेत, शुभेच्छा थापा लगायतका कलाकारको अभिनय रहेको छ । तर शोभित र रेजिनाबीच सम्वन्ध बिगि्रएपछि नायिका उप्रेती सिनेमाको प्रचारमा हिँडेकी छैनन् । तर निर्देशक शोभितले भने -’रेजिना जीको मन भित्र म छु, त्यसैले उहाले मनबाट सिनेमाको प्रमोशन गर्नु भएको छ ।’

0 comments:

Post a Comment