दुई सेक्सी नायिकाको भिडन्त, बाजी कसले मार्ला ?

नायिका रेखा थापा नेपाली सिनेमा उद्योगमा दश वर्षदेखि आफ्नो दबदबा कायम गर्न सफल छिन् । रेखाको यो दबदबा बिभिन्न कारणले गर्दा भएको छ । एकातिर अभिनय, अर्कोतिर सबैलाई आफ्नो बनाउन सक्ने खुबी भएका कारणले पनि रेखा आज यो स्थानमा छिन् । तर रेखाको परिचय यति मात्र छैन । रेखा थापालाई नेपाली सिनेमा क्षेत्रमा सेक्सी नायिकाको रुपले पनि चिनिन्छ । सिनेमा क्षेत्रमा आउने बित्तिकै खुलेर अंग प्रदर्शन गरेकी रेखाको चर्चा यसपछि झनै वढेको हो । छोटा कपडा लगाउन र शरीरका अधिकांश भाग देखाउन कसैले रेखाबाट सिकोस् । तर अचम्मको कुरा रेखाले कुनै पनि सिनेमाभित्र टङ किस र बेड सिन भने दिएको देखिँदैन । उनै नायिका रेखा थापाले अभिनय गरेको चलचित्र ‘रक्षक’ शुक्रबारबाट काठमाडौं उपत्यकाका मुख्य मुख्य हलमा लागेको छ । यो सिनेमामा सेक्सी रेखा मात्र छैनन्, उनका साथमा राजेश हमाल र बिराज भट्ट पनि छन्, जो नेपाली सिनेमाका सुपरस्टार कलाकार हुन् । यसरी तीन सुपरस्टारले अभिनय गरेको चलचित्र ‘रक्षक’ले शुक्रबारबाट काठमाडौंका हलमा आफ्नो प्रदर्शनको
शुरुवात गरेको हो । यि तीन सुपरस्टारसँग भीडन्त गर्न शुक्रबारबाटै काठमाडौंसँगै देशभरका हलमा चलचित्र ‘चपली हाईट’ प्रदर्शनमा आएको छ । चलचित्र ‘चपली हाईट’लाई सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिईसकेको छ । यो सिनेमामा भने तीन नयाँ कलाकारको अभिनय रहेको छ । चलचित्रमा नव कलाकारहरु बिनिता बराल, आमिर गौतम र राजको मुख्य भुमिका रहेको छ । यि तीनै कलाकार नेपाली सिनेमा क्षेत्रमा यही सिनेमाबाट डेब्यु गरिरहेका छन् । यो सिनेमा सेक्सको विषयमा केन्दि्रत रहेको छ । यो सिनेमामा नायिका बिनिता बरालले निकै हट सिन दिएकी छिन् । जसले गर्दा नेपाली सिनेमामा नायिका बिनिता बरालको नाम हट एन्ड सेक्सी नायिकाको नामले चिनिएको छ । यसरी एकै दिन दुई सेक्सी नायिकाको भिडन्त भएको छ । यि दुई सिनेमाको व्यापारले दर्शकको स्वाद कता तर्फ मोडिँदै गएको छ भन्ने देखाउने पक्का छ । चपली हाईट सफल भयो भने दर्शक फरक र नयाँ कलाकार हेर्न खोजीरहेका छन् भन्ने पक्का छ । हेरौं दुई सेक्सी नायिकाको बाजी कसले मार्ने हो ?

0 comments:

Post a Comment