मौसमी गुरुङलाई अर्काको श्रीमान चोरेको आरोप

नेपाली सङ्गीतकी चर्चित गायिका मौसमी गुरुङलाई अर्काको श्रीमान चोरेको आरोप लागेको छ । प्रेम बसेको भन्दै केही महिना अघि पोखराका रेशम गुरुङसँग मौसमीले सुटुक्क विवाह गरेकी थिइन् । उनले रोजेको लोग्ने पहिले नै विवाहित र ४ वर्षको बच्चाको बाबु भएकोले उनीमाथि कानूनी कारवाही पनि हुन लागेको हो ।पोखरा स्थायी घर भएकी यामु गरुङले मौसमी विरुद्ध आफ्नो लोग्ने खोसेको अभियोगमा मुद्धा दर्ता गर्ने प्रक्रियामा रहेको स्रोतले जनाएको छ । प्रेम सम्बन्ध पछि नै विवाह गरेको यामु र रेशमको जोडी एकाएक कसरी टुट्यो भन्ने सम्बन्धमा मौसमीको पैसाको कारण हो भन्ने परिवारको दाबी छ । सामान्य परिवारका रेशम काठमाडौं छिरेपछि मौसमीको सङ्गतका कारण गाडी चढ्न थालेको, राम्रो घरमा बसेको दाबी परिवारको रहेको छ । यस्तो अवस्थामा बहुविवाहको आरोपमा नेपालको कानून अनुसार रेशम र मौसमी दुबैलाई दुईदेखि पाँच
वर्षसम्म जेल सजाय र ५ हजार देखि २५ हजार सम्म जरिवाना हुन सक्ने प्रावधान रहेको छ । तर प्रेमलाई कानूनले छेक्न नसक्ने प्रतिक्रिया मौसमी गुरुङले दिएकी छिन् । आफूले मनपराएको व्यक्ति पाउन जस्तो सुकै सजाय भोग्न मौसमी तयार रहेको स्रोतले जनाएको छ ।

0 comments:

Post a Comment