हाईवे हेरेपछि राजेश र हरिवंशले के भने ?

शुक्रवारबाट रिलीजमा आएको चलचित्र हाईवेको बिहीवार बेलुकी काठमाडौंको पाँचतारे होटल सोल्टीमा च्यारेटी सँगसँगै पि्रमीयर गरिएको छ । केही व्यक्तिलाई टिकट र केहीलाई निःशुल्क प्रवेश गराईएको यो सिनेमाको विशेष कार्यक्रममा चलचित्र क्षेत्रका भन्दा बाहिरका मानिसहरुको बाहुल्यता बाक्लो रहेको थियो । हाईवे हेर्नका लागि सोल्टी होटलमा नायक राजेश हमाल, कलाकार हरिवंश आचार्य लगायतका केही चलचित्रकर्मी मात्र पुगेका थिए । करीब ९० मिनेट लामो दिपक रौनियारले निर्देशन गरेको चलचित्र हाईवे हेरेपछि नायक राजेश हमाल र वरिष्ठ कलाकार हरिवंश आचार्यले दिएको प्रतिक्रिया यस्तो छ :
राजेश हमाल : 
यो सिनेमालाई स्वभाविक देखाउने नाममा अलिकति बढी नै उर्जा खर्चिएको पाए मैले । फिल्म त्यो पनि बिशेषगरी बेग्लै सिनेमा हेर्न चाहनेहरुका लागि ठिकै छ । सिनेमाको अन्त्य दर्शकलाई छोडिदिएको हो कि जस्तो लाग्यो मलाई । यो दर्शकहरुलाई दिईएको एक प्रकारको छुट पनि हो । सिनेमामा कलाकारले अभिनय त गरेका छन्, तर अभिनयलाई अभिनयको रुपमा नदेखाउन खोजिएको जस्तो लाग्छ । तर मेकअप नै नगरेको देखाउन केही मेकअप गर्नुपर्छ भनेजस्तै कलाकारलाई केही अभिनय गराईएको भए पनि हुने थियो । तर केही पात्रको अभिनय भने स्वभाविक
लाग्छ मलाई ।
 हरिवंश आचार्य :
निर्देशक दिपक रौनियारले एकदमै राम्रो काम गर्न खोजेका छन् । तर सिनेमा मलाई प्राविधिक रुपमा भने केही कमजोर लाग्यो । कि त सवै आवाज डब गरिदिएको भए हुने थियो कि त कुनै पनि नगरेको भए हुने थियो । सिनेमा बनाउन त खोजिएको छ, तर मलाई यो सिनेमा हो कि डकुमेन्ट्री हो भन्ने कुरा छुट्टयाउन गाह्रो भयो । निर्देशकको सोचाई त राम्रो हो तर सिनेमालाई प्रविधिमा उच्च बनाइएको भए साँच्चिकै राम्रो बन्ने थियो । यसरी रिलीज हुनु भन्दा एक दिनअघि चलचित्र हाईवेको च्यारेटी सहितको पि्रमीयर गरिएको छ । पि्रमीयरमा सिनेमाका अधिकांश कलाकारको उपस्थिति रहेको थियो । चलचित्र आजबाट देशभरका हलमा रिलीजमा आएको छ ।

0 comments:

Post a Comment