राजेश हमालमाथि अर्की ‘प्रेमिका’को दावी

राजेश हमाल आजभोली आफ्नी बेनामी गर्लफ्रेन्डबारे खुवै कुरा गर्छन । उनको प्रेममा बरफझैं पग्लिएँ, उनको उपस्थीतिले घरमा बेग्लै रौनक छायो, उनले पकाएको खाना मिठो लाग्यो । के मात्र भनेनन् । एक बर्षभित्र उनैसँग बिबाह गर्ने योजना बनाएका हमालले उनको नाम भने अझै खोलेका छैनन् ।तर हमालमाथि यतिखेर अर्कै एक प्रेमिकाले दावी गरेकी छिन् । ती पनि चानचुने हैनन, १६ बर्षदेखि हमालका लागि मरिहत्ते गरिरहेकी १९ बषिर्य युवती । राजेश हमालसँग बिबाह गर्न पाउनुपर्ने उनको माग अब हमालसँगमात्र सिमित रहेन, सार्वजनिक रुपमै बोल्न थालिसकिन् ।हजुर, हामी तिनै युवतीको कुरा गर्दै छौं, जसले ३ बर्षको उमेरदेखि राजेश हमालसँग बिबाह गर्ने सपना सांचिन र अहिले १९ बर्षकी तरुनी भएकी छिन् । हमालसँगको प्रेम पनि बडो अचम्मसँग सुरु भयो उनको ।करिव ३ वर्षको हुँदा राजेश हमालको सिनेमा हेर्न रञ्जना हल लगेका थिए अभिरुचिको अभिभावकले । गोपीकृष्ण नामक सिनेमा हेर्दै जाँदा एक्कासी हमाललाई कसैले छुरी रोप्यो । सिनेमा हेरीरहेकी अभिरुचि वेहोस भईन । त्यही बाल मस्तिष्कमा राजेशप्रतिको आर्कषण पालेकी अभिरुचीले घरमा आएपछि पनि राजेश हमाललाइ मारे, कसले छुरी हान्यो भन्दै उनी कराउन थालेपछि डक्रटको मा लगीयो । डाक्टरले वाल मनोविज्ञानमा
असर परेको भन्दै हमाललाई नै भेटाउन आग्रह गरे । ड्याडि, अंकल सँग राजेश हमाललाइ भेट्न जाँदा उनले भनेकी थिईन-’म तपाइसँग विहे गर्न चाहन्छु ।’उनै अभिरुचि अहिले ठुली भैसकेकी छिन् । तर, पनि हमाल प्रतिको उनको क्रेजमा कुनै कमि आएको छैन । पहिले नवुझी गरेको प्रेम अहिले वुझ्दा केही परिवर्तन भएको छ तर गहिराई उस्तै छ । अभिरुचि सम्झदै भन्छिन्, यसपछि उहाँलाइ मैले धेरै पटक भेटें । उहाँले मलाई स्कुल टप गर्नुपर्छ, कलेज टप गर्नुपर्छ, तिमीले चाहेको सवै कुरा पुग्छ भन्नुहुन्थ्यो-अभिरुचिले भनिन-’उहाँले भनेअनुसार नै पढें।
पहिले मैले उहासँग नै विहे गर्छु भन्ने थियो तर अहिले म उहाँको नम्वर १ फ्यान हुँ भन्ने लाग्छ, अभिरुचिले भनिन् । तर, राजेश हमालले आएर आफुसँग विहे गर्छु भने तयार रहेको अभिरुचीले बताइन् । राजेशसँग उनी कतिसम्म क्रेजी छिन भने हमालसँग नाच्ने कैयौं नायिकालाई झम्टेकी छिन । बाबुले राजेश हमाललाई बिर्स भन्दा उनले बाबुलाई मार्ने धम्की पनि दिइन तर राजेशलाई छाड्ने कुरा सोंच्न पनि सकिनन् ।पछिल्लो पटक राजेश हमाल अर्कै युवतीको माया जालमा छन भन्ने उनले पनि सुनेकी छिन् तर हमालप्रतिको क्रेजमा कुनै कमी आएको छैन् । भन्छिन-’उहाँ १४ वर्षको हँदैदेखि प्रेमिका थिए तर म आफुलाई उहाँको प्रेमीका भन्दा माथी सम्भिmन्छु, कसैसँग मेरो तुलना हुनै सक्दैन ।’ राजेश हमालको अहिलेसम्म विहे नहुँदा कतै आफ्नै लागि कुरेको त हैन भन्ने लाग्छ रे अभिरुचीलाई । तर बिहेका लागि हमाललाई बाध्य पार्ने मुडमा छैनन उनी । भनिन- ‘अव म कर गर्दिन, तर विहे गर्छु भन्नुभयो भने तयार छु ।
अभिरुचिले हमालको विहे नभई आफुपनि विहे नगर्ने वताउँछिन् । अभिरुचिले अहिले आफ्नै घर नजिकको डियाज अस्पतालमा काम गर्न थालीसकेकी छिन् । फक्रेको फुलमा धेरै भमराहरु पनि आइलाग्छन, तर उनलाई ती सवैसँग मतलव छैन् । भन्छिन-भोली हमाल र मेरो विहे भएन र मैले अन्तै विहे गरेँ भने पनि छोराछोरी वोकेर उहाँलाई भेट्न जान्छु । अनलाइन खबर ’

0 comments:

Post a Comment