करिश्माको निशानामा सेक्स सिनेमा

नेपाली चलचित्रकी सुन्दर तथा चर्चित नायिका करिश्मा मानन्धर पनि पछिल्लो समयमा बन्दै गएका अश्लिल सिनेमासँग असन्तुष्ट रहेकी छिन् । नायक राजेश हमालले केही समय अघि दिएको एक अन्तर्वार्तामा भनेका थिए -’छाडा सिनेमाले नेपाली चलचित्रलाई बिगारे ।’ नायक हमालको यो अन्तवार्ता आएको केही दिन पछि नायिका मानन्धरले पनि अश्लिल सिनेमासँग आफ्नो असन्तुष्टि पोखेकी छिन् ।करिश्माले आफ्नो फेसबुकमा नेपाली सिनेमाको वर्तमान स्थितिले आफूलाई दुःख लागेको बताएकी छिन् । उनले यस्ता खाले सिनेमाले नेपाली सिनेमा र कलाकारको
हैसियतलाई निक्कै गिराएको विश्लेषण गरेकी छिन् ।करिश्माले समयले यस्ता खालका सिनेमा र कलाकारको मूल्याँकन गर्ने बताउँदै यस्ता खालका सिनेमा नेपाली सिनेमा हुन नसक्ने लेखेकी छिन् । अश्लिल सिनेमासँग चिढिएकी करिश्माले स्टाटस सँगसँगै चलचित्र एटीएमको एउटा दृश्य पोष्ट गरेकी छिन् ।अश्लिल सिनेमाको बारेमा बहस तीव्र भैरहेको बेला नेपाली चलचित्रका चर्चित नायक तथा नायिकाले यसवारेमा चासो देखाउनु सकारात्मक कुरा हो ।

0 comments:

Post a Comment