के भनौं अब कलाकार कि पोर्नस्टार ?

“मायाको बारीमा प्रितिको फूल सम्हाली राखेको कुसुमे रुमाल ……………..” “विरताको चिनो विरको सन्तान…………………” “उध्रेको चोली छ है तैपनि लाइन्छ………………..” “सबै देखाईदिन्छु पैसा तिरेपछि……………………..” यी माथिको चारओटा गीतमध्धे अगाडीका २ वटा नेपाली चलचित्र र कुसुमे रुमाल, र लाहुरेका हुन् । त्यसैगरी अन्य दुई गीत आधुनिक भनिएका चलचित्र लुट र लक चलचित्रका गीतहरु हुन् । यी भिन्न भिन्न खालका गीतहरुमा आफ्नो आफ्नो विशेषता छ । प्रेमभाव बोकेको “मायाको बारीमा प्रितिको फूल सम्हाली राखेको कुसुमे रुमाल ……………..” बोलको गीतमा वास्तविक प्रेम झल्किएको छ । अहिलेको आधुनिक “सबै देखाईदिन्छु पैसा तिरेपछि……………………..” यो बोलको गीतपनि प्रेम सम्वन्धि नै होला यी भिन्न–भिन्न गीतहरुको भाका र कोरियोग्राफीमा आकाश र जमिनको फरक छ । शरिरको लुगा फुकालेर छोप्ने कुरा नछोपी नृत्य गर्दा र छोपेर नृत्य गर्दा कति फरक पर्छ । यी गीतहरुको भिडियो हेर्दा प्रस्टै हुन्छ ।यहाँ उठाउन खोजिएको नृत्यगनाले कपडा नलाउँदा मात्र चर्चा बटुल्ने हैन अथवा दर्शकाको मन जित्ने हैन । कपडा लगाएरै आफ्नै
मौलिकता झल्काउँदा पनि गीत राम्रै हुन्छ । चलचित्रकै कुरा गर्ने हो भने पनि पुराना चलचित्रका पोस्टर र अहिले बनिरहेका चलचित्रको पोस्टरमा पनि धेरै फरक छ । अहिलेका नवनायिकाहरु समयको माग भन्दै आफूलाई नङ्ग्याईरहेका छन् । आफूले आफूलाई निवस्त्र बनाउनु कस्तो खालको आधुनिकता हो । यौनलाई प्रमुख विषय बनाई अहिले नेपाली चलचित्रहरु बन्ने÷बनाउने होडबाजी चलिरहेको छ । यसरी बनेका कतिपय चलचित्रहरुले दुई चार पैसा त बटुले तर कतिपय चलचित्रका लगानीकर्ताहरु लाखौंमा डुबेका छन् । कतिपय कलाकारहरु सडकमा हिड्दा मुख छोपेर हिड्ने अवस्था आएको छ । कतिपय त आत्महत्याको बाटो पनि रोज्न थालेका छन् । आफूलाई घर समाजमा नपच्नेगरी प्रस्तुती गर्नु यो कस्तो खालको समयको माग हो ? भल्गर चलचित्र एटीएम, प्रदर्शनमा रोक आयो । सो चलचित्रका कलाकारहरुलाई कलाकारसंघ साधारण सदस्य समेत नरहने गरी निस्काशित गर्यो । नाममा नै विरोध हुन थालेपछि ए ६९ ले नाम परिवर्तन गर्नुपर्यो यति मात्र होइन यसको परिवर्तित नामबाट चलचित्र सुटिङ गर्दा पनि चलचित्र बोर्डले रोक लगाईदियो । यसरी कलाकार निर्माता सबैलाई समाज, सञ्चारमाध्यमबाट बारम्बार तिरस्कृत र कारवाही गरिरहँदा पनि सस्तो लोकप्रियताको लागि र क्षणीक मोजमस्तीकालागि शेक्सुअल चलचित्र बनाउने क्रम रोकिएको छैन । अहिले बजारमा आएका र आउन लागेका ‘विन्दास, नाईट कुईन, किन किन, एक्स एक्स एक्स, मायाज बार, चपली हाईट, द् लास्ट किस लगायतका दर्जन बढी चलचित्रहरु नै बनिरहेका छन् । यही क्रमले नेपाली चलचित्रहरु बन्दै जानेहो भने भोलीको नेपाली चलचित्र उद्योग कस्तो होला ? नेपाली कलाकारहरुलाई कलाकारै भन्ने कि पोर्नस्टार भन्ने ? यस्ता अनगिन्ती प्रश्नहरु अहिले आम जनमानसमा उव्जिरहेका छन् ।

0 comments:

Post a Comment