लौ हेर्नुस कति सम्म का जाली फटाहा कुरा गर्न सकेका हुन् गाँठे ! छवि र रेखाको यो कस्तो नाटक ?

नायिका रेखा थापासाग झगडा परेपछि रेखा फिल्मस्वाट धेरै नायकहरु टाढिए । यसैले पनि निर्माता छवि ओझाले सवैलाई फेरि एकै ठाउामा ल्याउन रेखा फिल्मस् छोडेर छविराज प्रोडक्शन दर्ता गरेको वताएका थिए । तर, उनले वोलेको यो वोली केही दिनमा नै हाँस्यास्पद हुने छनक देखिएको छ । नायिका रेखा थापा आफ्नो पकडवाट वाहिर हिंडेपछि निर्माता ओझाले रेखाका दुश्मन मानिएका नायक आर्यन सिग्देललाई आफ्नो सिनेमामा अनुवन्धित गर्ने कुरा गरे । आर्यनले ‘हमेशा’ खेल्ने समाचार आएपछि छविले छविराज प्रोडक्शन खोल्नुको सार्थकता हुने देखिएको थियो । तर, अहिले आएर छविको वोलीमा विश्वास गर्ने आधार हराएको छ । रेखासाग सम्वन्ध विग्रने वित्तिकै अव मेरो सिनेमा खेल्नुपर्छ है भन्दै आर्यनलाई धाप लगाएका छविले अहिले आएर आर्यनलाई नै आफ्नो सिनेमावाट टाढा राखेका छन् । आर्यन सिनेमावाट टाढा हुनुको मुख्य कारण नायिका रेखा थापा नै देखिएकी छिन् । आर्यनसाग दुश्मनी मोलेकी रेखाले आर्यनलाई हटाएर जीवनलाई राखे ‘हमेशा’ खेल्ने वताएपछि छविको सोाच एकाएक परिवर्तन भयो । रेखाको शर्त पुरा गर्न उनी तयार भएको स्रोतको दावी छ । डिभोर्स गरेर बेग्लाबेग्लै संसार सिर्जना गर्न हिडेका छवि र रेखाले फेरि एकको अर्काको सर्त मान्ने र घुर्की सहने स्थीतिमा पुगेका छन् । स्वभाविक प्रश्न उठछ- त्यसो भए छवि र रेखाको डिभोर्सको कुरा पनि नाटकै मात्र थियो त ? चलचित्र रावण
व्यापारिक रुपमा कमजोर हुने डरले आफु सिनेमा क्षेत्रवाट नै सन्यास लिएको वताएका छविले रावणको व्यापार राम्रै भएपछि आफ्नो वोली परिवर्तन गरेका थिए । सन्यासको नाटक गरेका छविको वोली र उनको विश्वास यसपछि केही गिरेको थियो । त्यसको केही दिन वित्न नपाउादै रेखाले आफुलाई नोकर जस्तो गरेको र उसको विस्तारा पनि आफुले नै मिलाएको भन्ने वाक्य प्रयोग गर्दै छविले संचारमाध्यममा अन्र्तवार्ता दिएका थिए । छविले रेखा फिल्मस् हटाएर छविराज प्रोडक्शन दर्ता गरेपछि भने अव रेखाले दुश्मन वनाएका धेरै नायक यो व्यानरमा अटाउने अड्कल काटिएको थियो र छविले पनि यही कुरा गरेका थिए । आखिर रेखाको एउटा शर्तमा किन पग्लिए छवि ओझा र किन फेरी रेखाको वसमा परे ? यी सवै घटनाक्रमलाई हेर्दा रेखा र छविका सवै नाटक मात्र भएको देखिन्छ । रेखाले केही दिन अघि मात्र आफु छविराज प्रोडक्शनमा नभएको अन्र्तवार्ता दिएकी थिईन् । अहिले आएर न त रेखाको अन्र्तवार्ता नै पत्यारालाग्दो देखियो न त छविको वोली नै । रेखाको नाममा भएको घर आफ्नो नाममा पार्नका लागी छविले डिभोर्सको नाटक गरेको टिप्पणी हुन थालेको छ । घर र १० लाख पाएपछि फुकुवा जस्तै भएका छविले फेरी व्यापरका लागि रेखालाई प्रयोग गरेको अड्कल गर्न थालिएको छ । आखिर रेखा र छविको नाटक नै हो त डिभोर्स ? Onlinekhabar

0 comments:

Post a Comment