नायिका सारीमै सेक्सी

बलिउड नायिका विद्या वालनले चलचित्र डर्टी पिक्चर्समा सारी लगाएरै धूम मच्चाईन् । विद्याले चलचित्रमा लगाएको सारीले धेरैलाई आकषिर्त गर्यो । उनका धेरै फ्यान बने । धेरैले विद्याको सारीमा देखिएको सेक्स अपीलको तारीफ नै गरे । विद्याले सारी लगाएर धुम मच्चाएपछि बलिउडका धेरैजसो नायिकाले यसको अनुशरण पनि गरे ।आखिर महिला सारी मै सेक्सी र आकर्षक देखिन्छन्, धेरैको भनाई यही नै हो । तर पछिल्लो समयमा निस्किएका बिभिन्न डिजाईनका पोशाकका कारणले गर्दा महिलाहरु रोजाईका कपडा लगाईरहेका छन् । बजारमा आएका धेरै कपडाले महिलालाई नङ्ग्याएका छन् । कतिपयले यसलाई बुझेर पनि नांगिएका छन् भने कतिपय अरुको सिको गरेर ।चलचित्रको पर्दामा पनि यस्तै हाल छ । केही वर्ष अघिसम्म नायिकाहरु सारीमा प्रस्तुत हुन्थे । तर अहिले सिनेमाभित्र फेसनको नाममा नायिकाहरु जानी नजानी नांगिएका पाईन्छन् । नेपाली सिनेमाका नायिकाहरु पनि सारीमा निक्कै आकर्षक देखिएको पाईन्छ ।
नायिका करिश्मा मानन्धरको सुन्दरता सारीमा सधै नै चम्किएको देख्न सकिन्छ । कार्यक्रम अनुसारको पहिरन लगाउन सिपालु करिश्मा सारीमा सेक्सी देखिन्छन् । अहिले आएर नेपाली नायिकाहरुमा पनि सारीको आकर्षक बढेको पाईन्छ । नायिका नन्दिता केसीले आफ्नो फेसबुक पेजमा नारी आखिर सारीमै राम्री भएको भन्दै पोष्ट गरेको आफ्नै फोटोले पनि यो कुराको पुष्टी गर्छ ।

नायिका रेखा थापाले पनि सारीमा आफुलाई सजाउने गर्छिन् । प्रायः छोटा कपडा लगाउने रेखालाई पहिरन लगाउन नजान्ने नायिकाको रुपमा पनि हेरिन्छ । तर रेखाले पछिल्ला केही वर्ष यता सारीलाई अनुशरण गरेको पाईन्छ, जहाँ उनी सेक्सी देखिएकी छिन् ।
सारीले नायिकालाई ग्ल्यामर देखाएको पाईन्छ । विवाहीत हुन् या अविवाहीत, दुवै नायिका सारी लगाउन ईच्छुक देखिन्छन् । नायिका युना उप्रेती, ऋचा घिमिरे, सञ्चिता लुईटेल, निशा अधिकारी सबै सारी प्रति आकषिर्त देखिएका पाईन्छन् । नायिका निशा अधिकारीले मायाज बारको एक गीतमा सारी पहिरीएकी छिन्, जहाँ उनी निक्कै आकर्षक पनि देखिएकी छिन् ।

0 comments:

Post a Comment