निम्तो आए छोड्दैनन् राजवल्लभ

झट्ट हेर्दा नायक राजवल्लभ कोईराला फुर्सदिलो जस्तो देखिन्छन् । किनकी आफुले अभिनय गरेको सिनेमाको प्रमोशनका लागि होस् या चलचित्रकर्मीले आयोजना गर्ने कुनै पनि कार्यक्रम होस्, उनी पुगेकै हुन्छन् ।हाल चलचित्र ‘किन लाग्छ माया’को प्रमोशनका लागि धरान पुगेका राजवल्लभ काठमाडौंका प्राय चलचित्रका कार्यक्रम छोड्दैनन् । निम्तो आएसम्म सवै कार्यक्रममा पुग्ने यि नायक काम नै नपाएर यसरी हिडेका होलान् त ?नेपाली सिनेमाका अधिकांश कलाकार स्टार भैसकेपछि चलचित्रको प्रमोशनमा त हिड्दैनन् भने अन्य कार्यक्रम त पर को कुरा हो । पुगिहाले पनि निक्कै ढिलो पुग्ने र आफु स्टार भएको घमण्ड देखाउछन् कलाकार । तर, नायक
राजको वारेमा धेरैको विश्लेषण छ, उनले यो कुरालाई वुझेका छन् । शान्तिवाटीकामा फोहोर उठाउन होस् या विकास वोर्डमा आयोजना हुने कुनै वहस कार्यक्रम या कुनै अवार्डको कार्यक्रम । राजवल्लभको उपस्थिती सवैभन्दा पहिला हुन्छ । राजवल्लभको यो व्यवहारवाट धेरै सिनेकर्मीले धेरै कुरा सिक्न जरुरी छ ।

0 comments:

Post a Comment