नौं बजे सुमिना सुस्ताउँदा…..

दुलही सिनेमावाट सामान्य युवतीको भुमिकामा उदाएकी नायिका सुमिना घिमीरे अहिले भने नयाँ छवि वनाउने तयारीमा छिन् । सेक्सलाई मुख्य विषय वनाएर तयार पारिएको चलचित्र नाईन ओ क्लकमा नायिका घिमिरेले खुलेरै अंगप्रदर्शन गरेकी छिन् ।
सिनेमाको केही दृश्य हेर्दा नायिका घिमिरे पनि अव वदलिदो समय अनुसार चल्न थालेको देखिन्छ । वावुरा ढकालले निर्देशन गरेको सिनेमाभित्र सुमिना
घिमिरेसँगै नायक धु्रवदत्तले अभिनय गरेका छन् । धु्रव यही सिनेमामा काम गर्नका लागि लन्डनवाट नेपाल आएका छन् ।यो छायांकन सुरु भएदेखि नै विवादमा परेको थियो । चलचित्रको नाममा विकास वोर्डले लाईसेन्स नदिसकेकाले सिनेमाको छायांकन हुदाको क्षणमा वोर्डले सिनेमाको छायांकन रोक्न भनेको थियो । तर, वोर्डले भने पनि सिनेमाको छायांकन रोकिएको छैन । सिनेमाको छायांकन अव केही दिनमै सकिने निर्देशक ढकालले वताएका छन् ।

0 comments:

Post a Comment