खेलाडी बन्न तौल घटाउँदै रेखा

नायिका रेखा थापा फुटवल खेलाडी वन्ने तयारीमा छिन् । उनले फुटवल खेलाडी वन्नका लागि अहिले आफ्नो वजन घटाइरहेकी छिन् । ‘थाहा नै नपाइ मोटाएछु, अव घटाउन गाह्रो भईरहेको छ’-थापाले भनिन् ।रेखा वास्तविक जीवनमा भने फुटवल खेलाडी वन्न लागेकी होईनन् । उनी, छविराज प्रोडक्शनको व्यानरमा तयार हुन लागेको चलचित्र ‘हमेशा’मा फुटवल खेलाडी वन्न लागेकी हुन् । फुटवल खेलाडि वन्नका लागि फिट शरिर चाहिन्छ, यसैले पनि वजन घटाईरहेको रेखाको भनाई छ । साउन महिनामा व्रत वसेकी रेखाले कारण खुलाउँदै भनिन-’व्रत वस्दा माछा मासु खाईदैन, सोमवार त केही पनि खाईदैन यसले ज्यान घटाउँछ ।’ ५९ केजि पुगिसकेकी रेखा अहिले ३ केजी घटिसकेकी छिन् । उनलाई चलचित्रको पर्दामा फिट फुटवल खेलाडि देखिन तौल घटाएर ५२ केजी बनाउनुपर्ने छ । रेखाले भनिन्-’मेरो ज्यान हेल्दी छ,
यसैले पनि यस्तो ज्यान घटाउन गाह्रो भएको छैन् । रेखाले ज्यान घटाउन धेरै कुरामा ध्यान दिएको बताईन् । भनिन-’म दुध हालेको चियाको क्रेजी हुँ तर अहिले व्ल्याक टि खाईरहेको छु ।’ विहान सधै योगागर्ने रेखाले माछा मासु खाएकी छैनन् । उनी चामल छोडेर रोटी खान थालेकी छिन् । ‘आईसक्रिम, पिजा अघाईन्जेल खाईयो, अहिले ज्यान वढेपछि वल्ल चेतेको छु’- रेखाले भनिन् ।हमेशाको छायांकन असोज १ गतेवाट मात्र हुने वताईएको छ । नायिका थापा यही भदौ १० गते युरोपको भ्रमणमा जान लागेकाले पनि हमेशा पछि सरेको हो । ‘हमेशाको सुटिङपछि मात्र मन लागेको कुरा खान्छु, त्यतिन्जेल धेरै कुरा वन्द’ रेखाले भनिन् ।

0 comments:

Post a Comment