
नम्रताले पनि स्विकारिनन्
11:18 AM
No comments

समीक्षा : 'श्रीमान्'
11:03 AM
No comments
चलचित्र :श्रीमान्
निर्देशक : नवल नेपाल
निर्माता : कल्याण घिमिरे
कथा : कल्याण घिमिरे
पटकथा,संवाद : नवल नेपाल,कल्याण घिमिरे
गीत : संजीवनी, प्रमोद ढुङ्गाना
संगीत : महेश खड्का

‘नपत्याउने खोलाले बगाउँछ’
नेपालीमा एउटा उखान छ, ‘नपत्याउने खोलाले बगाउँछ’,यस्तै भएको छ नेपाली चलचित्रमा । एउटा Low profile मा रहेको चलचित्रले दर्शकको रुपमा मलाई लगभग सवा दुइ घण्टा दर्शक सिटमा बाँधेर राख्न सक्यो, सफल भयो । धन्यवाद छ यो चलचित्रको परिकल्पना गर्ने र परिकल्पनालाई यथार्थ बनाउन सहकार्य गर्ने ती सर्जकहरुलाई जसले एउटा सुन्दर र गम्भिर कथा देखाउन मिहिनेत गरेका छन् ।एउटा नारी जो एक संघर्षरत केटासँग आत्मियताको बन्धनमा बाँधिएर प्रेमरुपी सुन्दर संसारको मुहानमा संसार सजाउँदै हुन्छिन् ।तर त्यो केटा करिअर महत्वकांक्षाका को आवेगमा हुत्तिन्छ । आफ्नो आत्मसम्मानको र आफ्नो पेटमा हुर्कंदै गरेको बच्चाको अधिकारको लागि कानुनी संघर्ष गर्ने शिलशिलामा दोस्रो पात्रसँगै भावनात्मक सम्बन्ध गाँसिन पुग्दछ र त्यो सम्बन्ध साँस्कृतिक श्रीमान,श्रीमतीको रुपमा परिणत हुन्छ । द्वन्द्वको सृजना तब गहिरिन्छ जब यो श्रीमानले रगतको सम्बन्धबीच भेदभाव राख्दछ अर्थात् आफ्नो रगत र पराइको रगत भनेर दुई बालिकाबीच भिन्नता राख्दछ र त्यसको उपजको रुपमा एक हृदयस्पर्षी परिस्थिति सृजना हुन्छ जहाँ सबैकुरा भताभुङ्ग हुन्छ । सुन्दर छ कथाको आधारभूत द्वन्द्व र हृदयस्पर्षी छ त्यसको उपज ।बालमनोविज्ञानसँग वयस्क मनोविज्ञानको द्वन्द्व वास्तवमै एक साहसी प्रयोग र प्रस्तुती हो जसले दर्शकको मनोविज्ञान र भावनालाई झक्झक्याउँछ र कथाको परिस्थिति सँग आफूलाई मूल्याकंन गर्न वाध्य गराउँछ । कथामा जे घट्छ त्यो स्वाभाविक छँदा छँदै पनि दर्शकको मनोविज्ञान पक्ष ,विपक्षमा द्वन्द्व गरिरहेको हुन्छ, जुन यो कथाको महत्वपूर्ण उपलब्धि हो ।यो चलचित्र नेपाली चलचित्रले व्यवसायिकताको नाउँमा बलिउड सिनेमाको कथाहरुको नक्कल गर्नुपर्छ भन्ने कमजोर मानसिकता बोकेका चलचित्रकर्मीहरुलाई सबक हुनेछ । कुनै पनि समस्यामा आधारित भएर कथा सृजना हुन सक्दछ र त्यसै समस्याको वरिपरि पटकथाको संरचना गर्न सकिन्छ । त्यसको लागि केवल चाहिन्छ सृजनसिलता र यो चलचित्रले त्यो पक्षलाई पुष्टि गरेको छ ।
यस चलचित्रको कथा पक्ष सुन्दर रहेपनि पटकथा लेख्ने पक्षमा भने सर्जकले सृजनशिलताको अभिव्यक्ति गर्न सकेका छैनन् । पटकथा लेखनको कमजोरी संवादको माध्यमबाट ढाकछोप गर्न खोजिएको छ । त्यसकारण संवादको मात्रा आवश्यक भन्दा थोरै छ,पात्रहरुको चित्रणमा स्वाभाविकता झल्किंदैन र कतिपय परिस्थिति लादिएका छन् ।निर्देशकले शब्दरुपी पटकथालाई दृश्यरुपी चलचित्रमा रुपान्तरण गर्न पुरानै शैली अपनाएका छन् जो यस खालको भावअनुसार त्यति उपयुक्त बन्न सकेको छैन, देखिँदैन पनि ।विषयवस्तु र त्यसमाथि रचिएको कथामा जति मौलिकता र आधुनिकता भएपनि त्यसको प्रस्तुतीकरण शैलीमा अपनाइने पुरानै परम्परा यस चलचित्रको लागि हानीकारक बनेको छ, नत्र चलचित्रले उत्कृष्टताको उचाइ नाप्नेथियो । शैलीको आधुनिकी करणको अभावमा पात्रहरुको निर्माण र विकास तथा कलाकारहरुले त्यो पक्षलाई जीवन्तता दिने क्रममा गर्ने अभिनय एकदम अनुभवहीन र भड्कीलो भएको छ । चलचित्रमा बालकलाकारहरुको अभिनयमा जुन सहजता छ वयस्क कलाकारहरुको अभिनयमा सहजता भन्दा प्राविधिकता हावी भएको पाइन्छ । मुख्य पात्रको रुपमा रहेकी पुजना प्रधानले आफ्नो पात्रमा आत्मीयता भन्दा पनि प्राविधिक कलाकारको दृष्टिकोण बढी हावी गराएकी छन् जसको कारण उनले पाएकी जीवनको सबैभन्दा चुनौतिपूर्ण पात्रलाई जीवन्तता दिन चुकेकी छन् भने उनीसँगै दुई पुरुष पात्र अझ भनौं श्रीमान पात्रहरु ‘अभिनय, देखाउने कला हो’ भन्ने मान्यतामै रुमल्लिएका छन् । अभिनय जस्तै यस चलचित्रको प्राविधिक पक्ष पनि प्राविधिक मनोविज्ञान भित्र मात्रै जकडिएको छ ।चलचित्र निर्माण गर्ने शैली दुई किसिमले हुने विश्वब्यापी लहर छ । पहिलो, चल्दै आएको, बिक्दै आएको, कमाउँदै आएको समय र स्थान, जसलाई यही नै र यसरी नै गरिनुपर्दछ भन्ने स्थापित मूल्य मान्यता जसले एउटा संरचना र रुप ग्रहण गरिसकेको छ, जसलाई technicals (inbox) शैली भनिन्छ । र दोस्रो out of the box शैली, जहाँ सर्जकको नितान्त अवधारणा हुन्छ जसले विषयवस्तुलाई गहन ढङ्गले आत्मानुभूति गर्दै सृजनशील ढङ्गले प्रस्तुतीकरण गर्ने शैली निर्माण गर्छ ।यस चलचित्रको कथा चुन्ने शिलशिलामा भने out of the box शैली अपनाइएको छ । तर त्यसपछि पूर्ण रुपले प्राविधिक शैली नै अपनाइएको छ सायद चलचित्र निर्माणकर्ताहरुको rise taking गर्ने आँट नभएर होला । यो दृष्टिकोणको कमीले होला तर जे होस् यस चलचित्रले एउटा पक्षमा भएपनि आफ्नो छुट्टै अस्तित्वको झण्डा गाडेको छ र त्यसको लागि मात्र भएपनि यो चलचित्रको प्रशंसा गर्न जो कोही वाध्य हुन्छ ।अन्त्यमा चलचित्रको सबैभन्दा ठूलो star value भनेको यसको कथा हो र त्यसलाई पटकथा,संवादले साथ दिनु पर्दछ । यस अर्थमा चलचित्र ‘श्रीमान’ सँग ठूला नाम गरेका कलाकार, प्राविधिक नभएपनि एउटा बलियो स्टार छ कथाको रुपमा ।
निर्देशक : नवल नेपाल
निर्माता : कल्याण घिमिरे
कथा : कल्याण घिमिरे
पटकथा,संवाद : नवल नेपाल,कल्याण घिमिरे
गीत : संजीवनी, प्रमोद ढुङ्गाना
संगीत : महेश खड्का

‘नपत्याउने खोलाले बगाउँछ’
नेपालीमा एउटा उखान छ, ‘नपत्याउने खोलाले बगाउँछ’,यस्तै भएको छ नेपाली चलचित्रमा । एउटा Low profile मा रहेको चलचित्रले दर्शकको रुपमा मलाई लगभग सवा दुइ घण्टा दर्शक सिटमा बाँधेर राख्न सक्यो, सफल भयो । धन्यवाद छ यो चलचित्रको परिकल्पना गर्ने र परिकल्पनालाई यथार्थ बनाउन सहकार्य गर्ने ती सर्जकहरुलाई जसले एउटा सुन्दर र गम्भिर कथा देखाउन मिहिनेत गरेका छन् ।एउटा नारी जो एक संघर्षरत केटासँग आत्मियताको बन्धनमा बाँधिएर प्रेमरुपी सुन्दर संसारको मुहानमा संसार सजाउँदै हुन्छिन् ।तर त्यो केटा करिअर महत्वकांक्षाका को आवेगमा हुत्तिन्छ । आफ्नो आत्मसम्मानको र आफ्नो पेटमा हुर्कंदै गरेको बच्चाको अधिकारको लागि कानुनी संघर्ष गर्ने शिलशिलामा दोस्रो पात्रसँगै भावनात्मक सम्बन्ध गाँसिन पुग्दछ र त्यो सम्बन्ध साँस्कृतिक श्रीमान,श्रीमतीको रुपमा परिणत हुन्छ । द्वन्द्वको सृजना तब गहिरिन्छ जब यो श्रीमानले रगतको सम्बन्धबीच भेदभाव राख्दछ अर्थात् आफ्नो रगत र पराइको रगत भनेर दुई बालिकाबीच भिन्नता राख्दछ र त्यसको उपजको रुपमा एक हृदयस्पर्षी परिस्थिति सृजना हुन्छ जहाँ सबैकुरा भताभुङ्ग हुन्छ । सुन्दर छ कथाको आधारभूत द्वन्द्व र हृदयस्पर्षी छ त्यसको उपज ।बालमनोविज्ञानसँग वयस्क मनोविज्ञानको द्वन्द्व वास्तवमै एक साहसी प्रयोग र प्रस्तुती हो जसले दर्शकको मनोविज्ञान र भावनालाई झक्झक्याउँछ र कथाको परिस्थिति सँग आफूलाई मूल्याकंन गर्न वाध्य गराउँछ । कथामा जे घट्छ त्यो स्वाभाविक छँदा छँदै पनि दर्शकको मनोविज्ञान पक्ष ,विपक्षमा द्वन्द्व गरिरहेको हुन्छ, जुन यो कथाको महत्वपूर्ण उपलब्धि हो ।यो चलचित्र नेपाली चलचित्रले व्यवसायिकताको नाउँमा बलिउड सिनेमाको कथाहरुको नक्कल गर्नुपर्छ भन्ने कमजोर मानसिकता बोकेका चलचित्रकर्मीहरुलाई सबक हुनेछ । कुनै पनि समस्यामा आधारित भएर कथा सृजना हुन सक्दछ र त्यसै समस्याको वरिपरि पटकथाको संरचना गर्न सकिन्छ । त्यसको लागि केवल चाहिन्छ सृजनसिलता र यो चलचित्रले त्यो पक्षलाई पुष्टि गरेको छ ।

बन्द सिद्धियो, अब रिलिज
9:36 AM
No comments

‘म आत्महत्या गर्न सक्छु !’
9:23 AM
No comments

समीक्षा : मेरो प्यारो माइतिघर
7:32 AM
No comments

निर्देशक : उदय सुब्बा
निर्माता : सुरेन्द्र कुरुङबाङ, दिनेश पाख्रिन, कृष्णमणी कुइँकेल
संगीत : चेतन सापकोटा
सम्वाद : देव नेपाल
‘ताईं न तुइं हात लाग्यो दुई’
चलचित्रको समीक्षा गर्नु एकदम कठिन काम हो । विगत् तीन महिनादेखि चलचित्रको समीक्षा गर्ने जिम्मेवारी लिएपछि हरेक हप्ता प्रदर्शनमा आएका चलचित्रका राम्रा पक्षहरुको विषयमा प्रशंसा लेख्न पाए हुन्थ्यो भन्ने आकांक्षा सधैँ हुन्थ्यो । तर प्राय चलचित्र हेरेपछि निराशा मात्र हात पर्यो । केही चलचित्रका केही पक्षहरु सन्तोषजनक भएको अवस्थामा त्यस्ता पक्षहरुको सकेको प्रशंसा पनि लेखियो र त्यस्तो क्षण आफ्नो लागि पनि उल्लेखनीय रह्यो । चलचित्रका आधारभूत सिद्धान्त, शुत्र, शैली, अवधारणा र विश्वमा स्थापित मान्यताहरुको आधारमा हाम्रा चलचित्रहरुको विश्लेषण गर्दा पाठकहरुलाई समीक्षा पढ्दा ‘कति नराम्रो लेखेको’ भन्ने आक्रोश जाग्नु जायज हो र कतिपयले मेरो व्यक्तित्वमाथि पनि प्रश्न गरेका छन् त्यसलाई नकारात्मक नमानी नेपाली चलचित्र प्रतिको स्नेहको रुपमा हामीले लिएका छौँ ।म आफू पैसा तिरेर दुइ सवा दुइ घण्टा सामान्य दर्शकहरुसँग बसेर ती चलचित्र हेर्छु र वरिपरि रहेका दर्शकहरुको कुराकानी प्रतिपनि ध्यान दिन्छु । उनीहरुसँग चलचित्रको प्रतिकृया लिन्छु यसपछि बल्ल म चलचित्रलाई प्राविधिक र सृजनात्मक पक्षबाट मूल्याङ्कन गछु । तर हालसम्म प्राय चलचित्र हेरेपछि पिडा मात्र महसुस भएको छ र त्यही आधारमा समिक्षा बनेका छन् । समीक्षामा पिडाहरु पोखिएका हुन् । कसैप्रति कुनै आग्रह, पूर्वाग्रह नराखी चलचित्र हेरें र समीक्षा गर्न चलचित्र हेरेपछि दर्शकहरुको तत्कालको प्रतिकृयालाई मूल आधारको रुपमा लिने क्रममा यस हप्ता एक चलचित्र हेरेपछि रमाइलो प्रतिकृया पाएँ,‘ताइँ न तुइँ हात लाग्यो दुई ।’ यस हप्ता रिलिज चलचित्र ‘मेरो प्यारो माइतिघर’ हेरेपछि अरु दर्शकहरु र म पनि निराश भएँ ।यो चलचित्र एक युवतीसँग जोडिएर आउने विभिन्न घटना, दुर्घटनामा आधारित छ । एक धनी दाजुद्वारा एकदम माया पाएकी युवती जसलाई दाजुले पालेर खर्चको लागि भनेर बीसौं हजार दिन्छन्, गाउँको एउटा सोझो तर सौतिनी आमाको षड्यन्त्र जालमा फँसिरहेको केटोसँग प्रेमविवाह गर्न पुग्छीन् र त्यसपछि सौतेनी सासुको षड्यन्त्रको र हेपाहा प्रवृत्तिको चङ्गुलमा फँस्छिन् । तर जब सौतीनी आमाले सम्पत्तिको लागि गरिरहेको षड्यन्त्र थाहा पाउँछन् त्यसको विद्रोह गरेर केटी आफ्नो श्रीमानलाई उपचार गराउन सहर आउँछे र शहरमा पनि समस्याका अपहरणमा फस्छिन् अनि त्यसबेला दाईको विरताले सबै समस्या समाधान गरेर खुसी हाँसिल गर्छिन् त्यसैले चलचित्रको नाम ‘मेरो प्यारो माइतिघर’ राखिएको हो भनेर अर्थ लाउन सकिन्छ ।कथाको सृजना केही बलिउडका चलचित्रको मिश्रित स्वरुपमा छन् र पटकथा बनिबनाउ र बासी हुन् । एक पछि अर्को घटना घट्छ भनेर सहज रुपमा भन्न सकिने हुँदा चलचित्र चल्ने अवधिभर मन थामेर बस्न अत्यन्तै कठिन हुन्छ । पटकथालाई फेरि त्यस्तै बनिबनाउ र बासी संवादले त झन् कमजोर बनाएको छ । त्यसकारण चलचित्रको लेखोट,(कथात्मक पक्ष) मृत अवस्थामा छ । अब यस्तो पटकथा संवादमा कलाकारहरुले के नै गर्न सक्छन् ? सबैजना पात्र हैन कलाकार मात्रै देखिन्छन् चलचित्र भरि । राजेश हमाल, त यति प्राविधिक(Mechanical)प्रस्तुत हुन्छन् कि उनमा कुनै भावना झल्किँदैन र उनलाई पात्रको संवेदनासँग कुनै सरोकार नै छैन । उनी उभिदिन्छन् र बोल्न पर्ने संवाद बोल्छन्, हिँड्नु पर्दा हिँड्छन् र हिर्काउनु पर्दा हिर्काउँछन् ।दृश्यहरु ‘छाप्न’ को लागि छापिएका छन्, सम्पादनमा काट्ने र जोड्ने मात्र भएको छ, पाश्र्व संगीतमा वाजा बजाउनुकालागि बाजा बजाइएको छ । र यसरी बनाउन मात्रैकालागि बनाइएको चलचित्र हो ‘मेरो प्यारो माइतिघर’ जसले दर्शकलाई बनिबनाउ मनोरंजन पस्कन्छ ।यहाँ एउटा प्रचलन छ, ‘आर्ट चलचित्र र कमर्शियल चलचित्र’ भनेर छुट्याउने । आर्ट हुन दर्शकलाई मनोरन्जन नै गराउन हुन्न भन्ने र कमर्शियल हुन दर्शकलाई बनिबनाउ मनोरंजन जबर्जस्ति पस्किनपर्ने । यो चलचित्र कमसेकम कमर्शियलको नाउमा जबरजस्ति मनोरंजन ठोस्न खोजिएको विकृत मानसिकताको उपज चलचित्र हो । यस्ता चलचित्रहरु बजारमा थुप्रै आएका छन्, आउँदैछन् र आउनेछन् तर यो चलचित्र नेपाली चलचित्र इतिहासमा कहिँ पनि नाम दर्ता गराउन सक्दैन र भिडमा हराउँछ । व्यावसायिक चलचित्र बनाउने नाउँमा यसरी बासी मनोरंजनको व्यापार मात्र गर्न खोज्दा नेपाली चलचित्रमा समस्या स्थापित भएको हो । चलचित्रको मुख्य उद्देश्य नै मनोरंजन हो । विश्व व्यापारमा चलचित्रलाई मनोरंजनको साधन र साद्य मानिन्छ । मानिसलाई स्वस्थ खाना, सफा लुगा, स्वस्थ हावा पानीको आवश्यकता परेझैँ स्वस्थ मनोरंजनको अत्यन्तै आवश्यकता पर्दछ । त्यसैकारण हामी मनोरंजनको व्यापारलाई कमजोर नठानी गर्वसाथ सार्थक, विश्वसनीय र सृजनशील मनोरंजनको व्यापार गर्न सक्छौँ । जब यो दृष्टिकोणको विकास सबै चलचित्रकर्मीसँग हुन्छ तब नेपाली चलचित्र उद्योगको व्यवस्थित, विकास हुन्छ र छलाङ मार्ने छ ।हरेक चलचित्रको आआफ्नो विशेषता हुन्छ र त्यही विशेषताको कारण दर्शकहरु चलचित्र हेर्न हलसम्म पस्छन् । मिडियाले चर्चा गर्छन् दर्शकहरु चलचित्र अवधिभर त्यसको प्रस्तुतीकरण शैली र क्षमताबाट बाँधिएर बस्छन् । एक विशेष रचनात्मक र सृजनात्मक अनुभूति लिएर फर्कन्छन् । त्यसकारण त्यो चलचित्रको महत्व स्थापित हुन्छ तर जब कुनै चलचित्रसँगै आफ्नो विशेषता रहँदैन तब त्यो चलचित्र पोस्टर र रिलमा बन्दी भएको एक एक निर्जिव कथा मात्र भएर मर्छ । कुनै पनि चलचित्र समीक्षा कथा भएर दर्शकहरुको मनमष्तिकमा जीवित भैरहन पाउनु त्यो चलचित्रको लागि सम्पूण अहोभाग्य र त्यसका सर्जकहरुलाई गौरबको विषय हो । यस्तो अहोभाग्य ‘मेरो प्यारो माइतिघर’ले कदापी पाउने छैन ।
‘गर्लफ्रेन्ड’का पतिले कुटे भुवनलाई बीच सडकमै
11:23 AM
1 comment

मोटरसाइकलबाट ओर्लिएपछि ती पुरुषले हेल्मेट निकालेर गाडीको सिसा फोर्न खोजे । त्यसपछि भुवनले गाडीको सिसा खोले । सिसा खोलेपछि शर्मिलाका पतिले भुवनको कपाल भुत्लाउँदै हेल्मेटले उनको टाउकोमा हानिरहे । गर्लफ्र्रेन्डका पतिले यसरी तथानाम नाम गाली गदर्ैै मुक्का हानिरहँदा पनि भुवन सामान्य प्रतिकार गर्नेबाहेक अरु केही गर्न सकेनन् । यतिबेलासम्म त्यहाँ भीड जम्मा भइसकेको थियो । भुवनले भने यो बेफकुफ हो, यो पागल हो भन्दै कराईरहेका थिए । डंगोलले भने आफ्नो सम्पत्ति हडप्न श्रीमतिको पछि लागेको भन्दै अश्लिल गाली गरिरहेका थिए ।त्यही शर्मिलाका पतिले शर्मिलालाई समेत दुई चार झापु दिइसकेका थिए । करिव १५ मिनेटको द्वन्द्वपछि भुवन त्यहाँबाट कोटेश्वर चोकतिर भागे । शर्मिलाले हाँकिरहेको गाडी डंगोल दम्पतीकै रहेछ । घटनाका प्रत्यक्षदर्शी बालकोट निवासी राजन ढुंगानाका अनुसार त्यसपछि डंगोलले हातमा हेलमेट लिएर पहिले भुवन बसेकै सिटमा बसे । डंगोलले पत्नीलाई सम्झाउन खोजेपनि शर्मिला भने होस उडेको अबस्थामा थिइन, उनी केही पनि सम्झन सक्ने अबस्थामा थिइनन् ।उनी भागिसकेपछि प्रहरी पनि त्यहाँ पुग्यो । सुरुमा त दुर्घटना भएर भिडभाड भएको हो कि भनेर प्रहरी अलमलियो पनि । पछि डंगोल दम्पती र गाडीलाई कोटेश्वरस्थित ट्राफिक प्रहरी कार्यालय पुर्याइयो । शर्मिलाको लाइसेन्सबाट उनीहरु पतिपत्नी रहेको प्रमाणित भएपछि प्रहरीले छाडिदिएको थियो ।महानगरिय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रहरी निरिक्षक प्रेमराज जोशीले भने सामान्य पति-पत्नीको झगडा भएकाले छाडिएको बताउनुभयो । प्रहरी पुग्दा कुटाइ खाने ब्यक्ति भागिसकेको र डंगोल दम्पतीले पछि मान्छे पठाएर गाडी फिर्ता लगेको जोशीले जानकारी दिनुभयो । भुवन केसी भने यो घटनापछि मिडियाको सम्पर्कमा आएका छैनन् ।शर्मिलाका दुई छोरी र श्रीमान छन् । केही दिनअघि ललितपुर प्रहरीको रोहवरमा भएको छलफलमा शर्मिला र उनका पतिवीच सम्बन्ध बिच्छेद गर्ने सम्पत्ति अंशबण्डा गर्ने सहमति भएको थियो । डंगोलको अधिकांश सम्पत्ति पत्नी शर्मिलाकै नाममा भएकाले प्रहरीले उनका बैंक खाता रोक्का गर्ने प्रकृया समेत थालेको छ ।
सहरै कुरूप पार्ने फिल्म पोस्टर
10:47 AM
No comments

कस्ता छन् नेपाली फिल्मका पोस्टर जसबाट साहले नेपाली फिल्मको गुणस्तर थाहा पाए?
निर्देशक रमेश बुढाथोकी पोस्टरबाटै नेपाली सिनेमा बलिउडबाट प्रभावित भएको प्रस्टै देखिने बताउँछन्। अघिल्लो वर्ष बनेका ७५ फिल्ममध्ये ६ वटाले दुःखजिलोसँग लगानी उठाएको उद्योगमा ‘अधिकांश फिल्मले थोत्रा बलिउड फिल्मलाई नै आदर्श मानेको' उनको अनुभव छ।हिरोको एक्सन र हिरोइनको भद्दा पोजले प्राथमिकता पाउने पोस्टरले सिनेमाको गुणस्तरमात्र उजागर गर्ने होइन, सहर नै कुरूप पारिरहेको उनको चिन्ता छ। निर्माता कर्ण शाक्यको सोचबाट प्रभावित भएर सार्वजनिक ठाउँमा पोस्टर नटाँस्ने घोषणा गरिएको फिल्म ‘पल' का निर्देशक बुढाथोकी भन्छन्, ‘अब बनाउने फिल्मको पोस्टर पनि जथाभावी टाँस्दिनँ, सहर कुरूप नपार्न निर्मातालाई कन्भिन्स गर्छु।'फिल्म चलेको सूचना पोस्टरले दिए पनि दर्शक तान्न राम्रै फिल्म चाहिने उनले बुझेका छन्। फिल्मकर्मीले सभ्य नागरिकको परिचय दिनुपर्ने खाँचो औंल्याउँदै उनी भन्छन्, ‘पोस्टर डिजाइनमा वितरकको दबदबा छ तर निर्देशकले राम्रा पोस्टर बनाउन हस्तक्षेपकारी भूमिका खेल्नुपर्छ।'
निर्देशक दयाराम दाहाल भने भारतमा बन्ने भोजपुरी र कयौं हिन्दी फिल्मभन्दा नेपाली फिल्मको पोस्टर डिजाइन राम्रो भएको दाबी गर्छन्। साह काठमाडौं छँदा यहाँका भित्तामा दाहालको सिनेमा ‘दशगजा'का पोस्टर टाँसिएका थिए। उनले भने, ‘हामीले दर्शक रुचिकै आधारमा पोस्टर बनाउँछौं।' उनी यथार्थपरक फिल्म बनाउन बजेटले साथ नदिने बताउँछन्।
भारतमा मौलिक फिल्म बनाउन चाहनेलाई सरकारले अनुदान दिने उल्लेख गर्दै नेपालमा भने चलचित्र विकास बोर्डको १२ वर्ष नै १२ थरी कार्यकर्ता भर्ती गरेर बितेको उनको दाबी छ। यति भन्दाभन्दै नेपाली सिनेमाका पोस्टर गतिला नहुने उनी स्विकार्छन्, ‘मैले गरेको डिजाइन वितरकले फेर्दिन्छ, उनीहरूले नचाहेसम्म नयाँ गर्छु भन्नेलाई सजिलो छैन।'अर्का निर्देशक राजेन्द्र उप्रेती पोस्टरमा बलिउडको प्रभाव आवश्यकै देख्छन्। ‘उता जस्ता फिल्म चल्छन्, यता पनि त्यस्तै चल्छन्,बलिउडका पोस्टर रुचाएको देखेपछि हामी त्यस्तै बनाउँछौं,' उनी भन्छन्।काठमाडौंमा आफ्नो निर्देशनको ‘निगरानी' रिलिज हुँदा‘कसलाई अफ्नो भनुँ'को सुटिङमा व्यस्त उप्रेतीले दर्शककै चाहनालाई ध्यान दिएर ‘एक्सन प्रभावी' पोस्टर बनाएको अड्डी लिए। ‘कलाकारले ड्रेसमा ध्यान नदिएर अलि समस्या छ, पछि फोटो सेसन गरेर पोस्टर बनाउन पाए राम्रो हुन्थ्यो,' उनी भन्छन्।
पोस्टरले दर्शक भड्काएको उनी मान्दैनन्। ‘नयाँ कलाकार र हलको लापरबाहीले व्यापार घटेको हो, पोस्टरले होइन,' उनको विश्वास छ।अधिकांश नेपाली फिल्मका पोस्टर कलाकार सुन्दर श्रेष्ठको ‘आइडियल डिजाइन'मा बन्छन्। उनका अनुभवमा ‘चल्ने कलाकारको टाउको पोस्टरबाट बेच्नुपर्ने' अवस्था छ। करिअरको सुरुआतमै बनाएको ‘तृष्णा' फिल्मको पोस्टरले निर्देशक उगेन छोपेललाई प्रभावित पारे पनि त्यस्ता ‘कलात्मक' पोस्टरलाई उनले निरन्तरता दिन सकेनन्। ‘त्यो पोस्टर बनाएपछि मलाई उगेनले मुम्बई बोलाएका थिए, तर यहाँको कामले जान सकिनँ,' उनी भन्छन्।निर्मातालाई १० विकल्प दिने र उनीहरूले छानेको डिजाइनलाई अन्तिम रूप दिने काममै उनको व्यवसाय चलेको छ, ‘हामी आफ्नो कलाकारिता देखाउने भन्दा पनि निर्माता बचाउने काम गर्छौं।'यति हुँदाहुँदै पछिल्लो सिनेमा ‘ब्याच नं. १६'पोस्टरकै कारण चर्चित बन्यो। प्रचार सामग्रीकै नवीनताले फिल्म दर्शक आकर्षित गर्न सफल भयो जबकी विषयवस्तु र प्रस्तुतीकरण औसत फिल्मभन्दा माथि थिएन। मौलिक नेपाली सिनेमा ‘प्रेमपिण्ड' बनाएको जस पाएका निर्देशक यादव खरेलको मूल्यांकन छ, ‘अधिकांश नेपाली फिल्मले छान्ने यौन र हिंसाकै विषय पोस्टरमा प्रतिविम्बित हुन्छ।' ‘फिल्मको बल जेमा छ, प्रचार सामग्रीमा त्यही राख्ने हो, फिल्म नै सस्तो विषयमा घुमेको छ भने गहकिलो चिज के देखाउनु?' उनी भन्छन्।फिल्मका टेलिभिजन विज्ञापन अझै कमसल हुने उनको टिप्पणी छ, ‘मेरो फिल्ममा नायिकाको चीरहरण गरिएको छ, हिरोले यति फन्का घुमेर लात्ती हान्छ, हेर्न आउनुस् भन्नेजस्ता विज्ञापन आउँछन्।'फिचर फिल्म बनाउँदै गरेका नेपाली निर्देशकभन्दा डकुमेन्ट्री र छोटो फिल्म बनाइरहेका नयाँ पुस्तामा उनले सम्भावना देखेका छन्,‘विषयको अब्बल रोजाइ र प्रयोगपरक प्रस्तुति उनीहरूको फिल्ममा देखिन्छ, यो पुस्ताबाट आशावादी छु।'
'पल'ले प्रीमिएर र च्यारिटि सो गर्ने
2:30 AM
No comments

रजतपटमा सम्बन्ध जोड्ने र तोड्नेको लहर
4:02 AM
No comments


दोस्रो पुस्ता हावि हुँदै
10:15 AM
No comments

निखिल उप्रेती पनि यही बाटो हिँड्दै छन् । संचितासँग विवाह गरेर मुम्बइ छिरेका निखिल अनेक वहाना बनाएर नेपाली सिनेमा नखेल्ने सुरमा छन् । उनी कहिले उच्च पारिश्रमिक माग गरेर त कहिले 'फुर्सद छैन' भनेर टाढिँदै छन् ।
निखिलको 'दशगजा' र 'जयशिव शंकर' आउँदो शुक्रबार रिलिज हुँदैछ भने विराजअभिनित 'विरताको चिनो', 'जयशिव शंकर' सिनेमा पनि सोही दिन रिलिज हुँदै छन् । थोरै सिनेमा बन्ने उद्योगमा धेरै सिनेमा एकैदिन रिलिज हुँदा दर्शक बाँडिने कारण निर्मातालाई पनि आर्थिक रुपमा धेरै फाइदा नहुने निश्चित छ ।'चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरि' भन्ने उखान नायिका संचिता लुइटेल र निरुता सिँहमा लागू हुन्छ । कुनै समय निरुताविना फिल्म नै बन्दैनथे । नयाँले विस्थापित गरेपछि निरुता बलिउड छिर्ने उद्देश्यसाथ नेपाल छाडिन् । इन्टेरियर डिजाइनिङ पढेर बलिउड छिर्ने उनको उद्देश्य पनि अन्तत सफल भएन । निरुता इन्टेरियर डिजाइनिङमा पनि राम्रो गर्न नसकेपछि अहिले आपतमा छिन् । संचिता पनि यसो भन्छिन् 'अब सिनेमामा लाग्दिन होला' । बलिउड प्रवेशको उनको उद्देश्य यति सजिलै सफल हुने छाँट पनि देखिँदैन । 'दागु', 'बन्दी' लगायतका उनले खेलेका पछिल्ला केही सिनेमाहरु पनि लगालग फ्लप भए ।हुन त उषा पौडेल पनि नेपाली सिनेमामा नयाँ अनुहार नै हुन् । महाकवि देवकोटाको कृति मुनामदनमा 'मुना'को भूमिकाबाट केही ट्याग भिरेकी उषा पौडेलको अभिनयले बक्स अफिसमा कमाल गर्न सकेन । त्यसैले निर्माताहरु उनलाई प्रमुख भूमिकामा राख्न चाख पनि देखाउँदैनन् । उषा पनि बलिउडको स्वाद चाख्ने उद्देश्यले उतै अभिनय सिकिरहेको बताउँछिन् । यसैगरी झरना बज्राचार्यका एकाधबाहेक सबै सिनेमा फ्लप भए । अनि उनलाई कुन निर्माताले लिइदिने? दर्शकले नै मन नपराएपछि । झरनाको अवस्था त अघोषित सन्यास नै लिएको जस्तो भैसक्यो ।यी पुरानालाई छेउ लाएर नम्राता श्रेष्ठ, कर्म, आर्यन सिग्देल, केकी अधिकारी, बेनिशा हमाल,जीवन लुइटेल, राजबल्लभ कोइराला जस्ता अनुहार पर्दामा लगालग देखिन थालेका छन् । पुराना अनुहार विस्थापित भएर नयाँले ठाउँ पाउने भनेको आफैँमा राम्रो पक्ष त हो । तर पुरानाहरु यहाँबाट विरक्तिएको कारणको अनुसन्धान हुनु जरुरी छ । किनकि आजका नयाँ अनुहार पनि भोलि उसैगरी हराए भने सिनेमा उद्योगको अस्तित्वमाथि नै संकट आइपर्ने निश्चित छ ।पुरानाले नयाँलाई विस्थापित गर्नु परेको कारणहरु विविध हुन सक्छन् । दर्शकले चाहेअनुसारको भूमिका परिवर्तन गर्न नसक्ने चाहिँ प्रमुख कारण हुन सक्छ । यसैगरी नयाँ पुस्ताका अभिनेता तथा अभिनेतृहरु सिनेमाको गहिरो अध्ययन पश्चात् यो क्षेत्रमा हाम फालेकाले पनि उनीहरु यो क्षेत्रमा स्थापित हुन थालेका हुन् ।
तथ्य एउटा कुरा अर्कै
10:12 AM
No comments

'त्यो प्रचारवाजी गर्ने काम निर्माताहरुको हो । हामीले फिल्म वितरण गर्ने हो । हामीले बजारमा पठाएका फिल्महरुले राम्रै व्यापार गरिरहेका छन् ।' बक्स अफिसको रेकर्डअनुसार 'दशगजा', 'प्रहार' 'निगरानी' जस्ता फिल्महरुले औषत व्यापार गरे । डिसिएनले वितरण गरेको अहिलेका केही चलचित्र 'निगरानी' 'प्रहार' र 'दशगजा' हुन् । 'दशगजा'ले चालिस लाख ग्रस बटुलेको छ, 'प्रहारले' एक करोँड रुपैँया ग्रस बटुलेको देखिन्छ । त्यसैगरी 'निगरानी'ले त्रिपन्न लाख रुपैँया ग्रस बटुलेको तथ्यांक छ, जुन औषत भन्दा मुनि छ । दंगालले दावी गरेअनुसार निगरानीले 'राम्रो' व्यापार गर्यो । तर बक्स अफिस रेकर्ड हेर्दा भने उसको स्तर औषत भन्दा मुनी रह्यो । मेरोसिनेमालाई बताइएअनुसार डिसिएनले वितरण गरेका सिनेमाहरुको कमाइबाट निर्माताहरु खुसी छन् । तर यो विश्लेषणलाई ख्याल गर्दा अवस्था भने अर्कै देखिन्छ । यसप्रकार तथ्यांक एकातिर र निर्माता, विश्लेषक र वितरकहरुको कुरा अर्कै देखिन्छ । नेपाली सिनेमाले यो स्तरबाट छुट्कारा पाए स्थितिमा केही सुधार आउने पक्का छ ।
राजेश भर्शेश राजेश !
10:10 AM
No comments

रेखा किन भइन् थकित ?
10:07 AM
No comments


गायक राजु लामासँग पूजाले दोस्रो बिहे गर्ने
6:27 AM
No comments

अन्जु पन्तले गरिन डिभोर्स
3:55 AM
No comments

रोपाइँपछि ‘किसान'
4:32 AM
No comments

फिल्ममा राजेश हमाल, नीर शाह, राहुल केसी, गणेश भण्डारी, मौसमी मल्ल र नन्दिता केसीले अभिनय गरेका छन्।
रेजिनालाई भ्याइनभ्याई
5:13 AM
No comments
