रेखाको रिस

फिल्म 'साथी म तिम्रो'को पत्रकार सम्मेलनमा अभिनेत्री रेखा थापाले भुवन केसीलाई 'थुप्रै शताब्दीदेखि क्रियाशील अभिनेता' भनेर व्याख्या गरिन्। रेखाको गल्ती सुनेर पत्रकार पंक्तिमा हाँसोको पर्रा छुट्यो।
पत्रकारको हाँसो सुनेपछि रेखाले 'किन हास्नु हुन्छ? मलाई सुन्न मन छैन भने बाहिर जानुस्,' भन्दै अंग्रेजीमा हप्काइन्। जब सञ्चारकर्मी सन्दीप सापकोटाले दशक र शताब्दीको अर्थ प्रष्ट पारे उनले थपिन्, 'म तपाईंसँग पछि कुरा गर्छु।'

भुवन निर्देशक बन्ने
अभिनेता भुवन केसीले अर्को फिल्ममा छोरा अनमोललाई मुख्य नायक बनाउने बताएका छन्। 'साथी म तिम्रो'मा छोटो भूमिकाबाट अभिनय थालेका अनमोललाई हिरो बनाएपछि आफू निर्देशनमा लाग्ने भुवनको मनसाय छ।

राजधानीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा भुवनले आफू निर्देशक र छोरो हिरो बन्ने फिल्मको स्क्रिप्ट लेखिरहेको जानकारी गराए। कार्यक्रममा उनले नराम्रा फिल्मले उद्योग बिगारेको औंल्याउँदै आफूले 'साथी म तिम्रो' राम्रो बनाएको दाबी गरे।
अभिनेत्री रेखा थापाले यो फिल्मबाट लोभ र विश्वास दुवै उब्जिएको चर्चा गरिन्। 'भुवन दाइको मेहनत दखेर प्रभावित भएकी छु। फिल्मलाई राम्रो पार्न उहाँ मरिमेटेर लाग्नु हुन्थ्यो,' उनले सुटिङको स्मरण गरिन्।
भुवनको अभिनयसँगै पत्रकारिता सुरु गरेका विजयरत्न तुलाधरले आशालाग्दो फिल्मको रूपमा 'साथी म तिम्रो'को चर्चा गरे।
अनमोलले चाहिँ फिल्मको कथासार सुनाए। फिल्मको प्रचारप्रसारमा बाबुसँग स्कुल कलेजमा पुगेको र राम्रो प्रतिक्रिया पाएको उनले बताए। कार्यक्रममा फिल्मका बालकलाकार शीर्षक सापकोटालाई प्रमुख अतिथि बनाइएको थियो। भुवन, रेखा, अनमोल, शीर्षक र विजयरत्नले अडियो सिडी विमोचन गरेका थिए।
फागुन १९ मा देशका ५० भन्दा बढी हलमा फिल्म रिलिज गरिने कार्यक्रममा जानकारी गराइयो। फिल्मका निर्देशक शिव रेग्मी हुन्। पितृशोकका कारण रेग्मी कार्यक्रममा उपस्थित थिएनन्।

2 comments:

  1. Even though she is professional, can needs to learn to act professional.

    ReplyDelete
  2. Hahaha.. Nepali actress haru pahila parda bahira ramro behave garna siknu, ani balla parda bhitra ramro garna sakinchha. 1-2 wota film khelera afu le aafulai k bhanne thanchhan.

    ReplyDelete