सेलिब्रिटीको पहिलो भ्यालेनटाईन सेलिब्रिटीको पहिलो भ्यालेनटाईन

नेपाली सिनेमा क्षेत्रका कलाकारहरु पनि भ्यालेनटाईन अर्थात ‘प्रेम दिवस’ मनाउन आत्तिएका छन् । वर्षमा एक पटक आउने यो विशेष दिनका लागि कलाकारहरु पनि उत्सुक देखिएको पाईन्छ । प्रेम सम्बन्धमा रहेका कलाकारहरु यो दिनलाई आफ्नो प्रेम ब्यक्त गर्ने उत्तम दिन ठान्छन् । यो सालको भ्यालेन्टाइन मनाइरहँदा हामीले उनीहरुको पहिलो भ्यालेन्टाइन डेको सम्झना गराउँदै छौं ।
मेरो प्रेमीसँग आफ्नै साथीले बिहे गरिदिई
विनीता बराल
चपली हाईटमा दिएको हट सिन र टपलेस फोटोसुटका कारण चर्चामा रहेकी नायीका विनीता बरालको भ्यालेनटाईन काठमाण्डौमा रमाएर वित्नेछ । तर, उनी पनि साथी सँग नै वसेर यो दिनलाई मनाउने सोंचमा छिन् ।
बिनिता भन्छिन- चलचित्रमा अभिनय गर्नु भन्दा अघि पनि मलाई प्रेम प्रस्ताव नआएका होईनन्, तर अहिले त प्रेम प्रस्तावको वाढि नै लागेको छ । मैले आजसम्म जम्मा एकजनासँगको प्रेमको अनुभव सँगालेकी छु । तर, त्यो साह्रै नमिठो थियो । कक्षा ८ मा पढदा एक युवक मलाई धेरै नै मनपथ्र्यो । उसलाई मैले लामो समयपछि आँट गरेर चिठ्ठी लेखेर प्रेम प्रस्ताव राखें । तर, उसले मेरो प्रेम प्रस्तावलाई अस्विकार गरिदियो । उसले अस्विकार गरेपछि म यति धेरै खिन्न भएकी की के भन्ने यसपछि मलाई कसैसँग प्रेम गर्ने सोंच नै आएन् ।
उसको नाम शम्भु भट्ट थियो । उसलाई मैले देख्ने वित्तिकै मन पराएकी थिएँ र प्रेम प्रस्ताव राखेकी थिएँ । पछि, मेरो मिल्ने साथीले उसँग विहे गरी, मेरो साथीले मलाई नै धोका दिई । आजसम्मका लागि मेरा पहिलो र अन्तिम भन्ने भ्यालेनटाई नै त्यही थियो । उ वाहेक अन्य कोही पनि युवक मन परेन आजका दिनसम्म, हेरौं, यो वर्ष के हुन्छ ।
उसका गिफ्ट हेरेर यादमा डुब्छु
-वेनिशा हमाल
‘स्वर’ सिनेमावाट नेपाली सिनेमा क्षेत्रमा आएकी नायीका वेनिशा हमालको भ्यालेनटाईन अनुभव पनि रमाईलो नै छ । युवा पुस्ताकी रोजाईकी नायिकासमेत रहेकी वेनिशा हेर्दा सुन्दरताको बखान धेरै हुन्छ । उनको जीवनमा पनि एक युवक आएका रहेछन, दुई वर्ष अगाडि । जुन उनको पहिलो भ्यालेनटाईन थियो ।
२ वर्ष अगाडिको ‘भ्यालेनटाईन डे’मा भर्खर भर्खर प्रेममा डुवेकी थिइन् वेनिशा । उसले मलाई भ्यालेनटाईन आउनु भन्दा यस्तै २ महिनाअघि प्रेम प्रस्ताव राखेका थिए । मैले उसको प्रेमलाई स्विकार गरेपछि हामी भ्यालेनटाईन डे मनाउन न्युरोड गएका थियौ । त्यो, समयमा हामीले धेरै रमाईलो समेत गरेका थिया । उसले मलाई धेरै चकलेट र २१ वटा गुलावको फुल दिएको थियो । मैले पनि उसलाई सवैभन्दा ठुलो प्रेमकार्ड दिएकी थिएँ । तर, अहिले उ मसँग छैन । तर भ्यालेनटाइन डे नजिक आउँदै गर्दा उसले दिएका गिफ्टहरु हेरेर उसको याद मेटाउँछु ।
कसैको प्रस्ताव स्वीकारेकी छैन
-केकी अधिकारी
‘मन पराउने र प्रेम प्रस्ताव राख्ने त धेरै नै भए तर मैले कसैको पनि प्रेम प्रस्ताव स्विकार गरेको छैन । यसैले, पनि मसँग त्यस्तो भ्यालेनटाईनको अनुभव छैन ।’ सुन्दा अपत्यारिलो लागेपछि केकी अहिलेसम्म आफ्नो प्रेमी नभएको दावी गर्छिन् । ‘यो वर्ष पनि मेरो भ्यालेनटाईन साथीसंगीसँग वसेर ‘आई.एम.सरी’को प्रमोशनमा नै व्यस्त भएर वित्नेछ ।’- केकीको दावी छ- भ्यालेन्टाइन डे मनाएको अनुभव नै छैन् । आजसम्म मैले भ्यालेनटाईन परिवारसँग मात्र मनाएकी छु ।’

0 comments:

Post a Comment