मेरो ब्वायफ्रेन्ड.....

अभिनेत्री केकी अधिकारी

'ह्यापी भ्यालेन्टाइन' कसलाई भन्न चाहनुहुन्छ?
मेरा सबै साथीहरूलाई भन्छु।

तपाईलाई कतिको आउँछ भ्यालेन्टाइन्स डेको शुभकामना?
कहिल्यै गनेको छैन। फ्यान पेज, फेसबुक र एसएमएसहरू धेरै आउँछन्। सकेसम्म रिप्लाई पनि गरेकी छु।

भ्यालेन्टाइन्स डे कसरी मनाउँदैहुनुहुन्छ?
मैले अभिनय गरेको फिल्म 'आई एम सरी' चलिरहेको छ। सबै फिल्म युनिटसँग हेर्न जाँदैछु। विभिन्न हल पनि पुग्छु होला।

कोही भ्यालेन्टाइन भए, के उपहार दिनुहुन्छ?

भ्यालेन्टाइन्स डे भनेको प्रेमको पर्व हो। त्यसैले प्र्रेमलाई बुझाउन रातो गुलाफ नै राम्रो उपहार हुन्छ होला।

तपाईको 'आई एम सरी'लाई किन भ्यालेन्टाइन फिल्म भनिएको हो?
एकदम सही हो। फिल्म लभस्टोरीमा आधारित छ। फेरि भ्यालेन्टाइन डे पर्नेगरी फिल्म रिलिज भएको छ।

गर्लफ्रेन्ड नभएका केटाहरुलाई भ्यालेन्टाइन्स डे मनाउने तरिका के होला?
गलफ्रेन्ड बिना पनि भ्यालेन्टाइन्स डे मनाउन सकिन्छ। त्यसको लागि 'आई एम सरी' फिल्म हेर्न जान सक्नु हुन्छ।

भ्यालेन्टाइन डे मनाउँदा के हुन्छ, नमनाउँदा के हुन्छ?
माया बाँड्ने पर्व भएकोले मनाउँदा एक किसिमको आनन्द अनुभव होला। मनाउनै पर्छ भन्ने चाहिँ छैन।

तपाईको ड्रिम डेट?
बलिउड अभिनेता रणवीर कपुर।

आजकलको 'लभ' विश्वासलाग्दो हुँदैन भनिन्छ नि?
सबै मान्छेको लभ त्यस्तो हुँदैन। मान्छेमा भर पर्छ विश्वासलाग्दो वा नलाग्दो।

ग्रलफ्रेन्ड र ब्वाइफ्रेन्ड छिटोछिटो चेन्ज गर्ने चलन बढ्दो छ रे हो?
मैले पनि सुनेको हो। होला पनि। यो एकप्रकारको विकृति हो। राम्रोसँग नबुझेर सम्बन्ध बनाउँदा यस्तो हुन्छ।

कस्तो केटा मन पर्छ, कस्तो मन पर्दैन?
हेर्दा राम्रो होस्, बुद्धिमानी पनि। धेरै देखावटी गर्ने केटाहरूदेखि दिक्क लाग्छ।

कुनै केटा पहिलोपटक भेट्दा मन पर्‍यो भने के गर्नुहुन्छ?
तत्काल केही भन्दिनँ। घर आएर बहिनी मल्लिकालाई भन्छु।

अनलाइनमा नचिनेको केटासँग च्याट गर्नुहुन्छ?
प्रायः अपरिचित मानिससँग भेटघाट नै हुँदै। कुरा त परकै कुरा भयो।

चारपाँच वर्षदेखि तपाई हरेक वर्ष भ्यालेन्टाइन डेको शुभकामना दिने त्यस्तो कोही छ?
साथीहरू नै छन्। सबै साथीहरू मेरा लागि स्पेशल नै छन्।

केकीको ब्वाइफ्रेन्ड छ भन्ने हल्ला छ नि बजारमा?
आफ्नै आफन्तसँग हिँड्दा पनि गलत हल्ला चल्ने हुँदा म विश्वास गर्दिन। बरू अरूलाई पनि हल्लाको पछाडि नलाग्न आग्रह गर्छु।

0 comments:

Post a Comment