नम्रताले फाइट खेल्ने

अभिनेत्री नम्रता श्रेष्ठको हातमा अहिले नयाँ फिल्म 'छड्के'को स्क्रिप्ट छ। फिल्ममा स्त्रि्कप्टलाई प्राथमिकता दिँदै आएकी नम्रता यसमा एक्सन रोललाई कसरी सशक्त बनाउने भन्ने सोचमा छिन्।
निगम श्रेष्ठको पहिलो निर्देशनमा बन्न लागेको 'छड्के'को चैतमा सुटिङ हुँदैछ। यसलाई ग्यांगस्टर फिल्मको रूपमा चर्चा गर्दै निर्देशक श्रेष्ठले भने, 'लुट फिल्म चलेको देखेपछि प्रयोगात्मक फिल्मको पनि बजार रहेछ भनेर हौसला बढेको हो।' एक्सन फिल्म बनाउन लागेकोले सबैलाई यसबारे बुझाउन कार्यशालाको समेत तयारी गरेको उनले जानकारी दिए।'यसअघि एक्सन फिल्ममा काम नगरेकीले नम्रतालाई मार्सल आर्टकै प्रशिक्षण दिन लागेका छौं,'
निर्देशकको योजना छ। नम्रताले भने नयाँ भूमिका चुनौतीको रूपमा लिएकी छिन्। 'स्त्रि्कप्ट मन नपरे म फिल्म साइन गर्दिनँ। कतिपय फिल्म भूमिकाकै कारण छाडेकी छु,' नम्रताले भनिन्। २५ वटा फिल्मको स्त्रि्कप्ट पढिसक्दा ५ वटामात्र राम्रो लागेको उनको कथन छ।

फिल्मकै लागि मार्सल आर्टको तालिम लिने कुराले उनलाई उत्साहित बनाएको छ। डान्स र ड्रामाको प्रशिक्षण लिए पनि मार्सल आर्टमा उनी नयाँ अनुभव गर्दैछिन्। फिल्ममा सौगात मल्ल र दयाहाङ राईको पनि अभिनय रहने छ। सौगात र दयाहाङ पनि स्त्रि्कप्ट अध्ययन गर्दैछन्।

0 comments:

Post a Comment