जिवनले भने–वेरोजगार भईयो

नायक आर्यन सिग्देलले केही समय अघि भनेका थिए, म त वेरोजगार कलाकार । हुनत, उनले यसो भने पनि उनको हातमा अहिलेसम्म सिनेमा परेका छैनन् । यसरी, हेर्दा उनी वेरोजगार नै भएका थिए । उनी, अहिलेसम्मकै महङ्गा नायकको रुपमा चिनिन्छन् । उनको पारिश्रमिक ६ लाख रहेको छ ।६ लाख लिन थालेपछि नै आर्यन वेरोजगार भएका हुन् । आर्यनपछि अर्का महङ्गा हिरोको रुपमा रहे, जिवन लुईटेल । उनले, आफ्नो पारिश्रमिक ५ लाख भएको बताए । उनले केही सिनेमामा पनि अभिनय गरे । तर, एक कार्यक्रममा भेटिएका जिवनले
भने-’आजवाट म वेरोजगार भए ।’ उनले, बुधबार चलचित्र ‘मेरो मनको साथी’को छायांकन सकाएका थिए । यसपछि, उनको हातमा सिनेमा छैन रे । उनले भने-’अब, हातमा सिनेमा छैन, यसैले काम नपाएर वेरोजगार भएको छु ।’

६ लाख पारिश्रमिक लिने हिरो वेरोजगार भएको केही महिना वित्न नपाउदै ५ लाख लिने हिरो समेत वेरोजगार भएको कुरा गरिरहेका छन् । नेपाली सिनेमा त बनिरहेका नै छन्, तर नायकहरु भने वेरोजगार भएको कुरा गरिरहेका छन् । यो आफैमा अचम्मको कुरा पनि हो । अहिले, नायकहरु खासै काम नभएपछि निरन्तर महोत्सव र विभिन्न कार्यक्रममा व्यस्त हुन थालेका छन् ।

चलचित्र बनाउनेहरुले फरक धारमा सिनेमामा आँखा लाएपछि र यस्ता सिनेमाका लागि नयाँ नै अनुहारको खोजी हुन थालेपछि मुलधारका सिनेमाका हिरोहरु वेरोजगार हुन थालेका हुन् । हेरौं, जिवनको यो वेरोजगारी पन कहिलेसम्म रहने हो ?

0 comments:

Post a Comment