दिलीपले भने -’सिनेमा बनाउँदा पैसा सकियो’

नायक दिलिप रायमाझी सिनेमामा अभिनय गर्ने राम्रा कलाकार हुन् । तर उनी चलचित्र ‘मिस यु’ को रिलिज हुने दिन नजिकिँदै गर्दा चिन्तित देखिएका छन् । चलचित्रको रिलिज हुने दिन नजिकिँदै गर्दा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनी खासै खुशी देखिएनन् ।निकै भावुक देखिएका यि नायकले भने -’सिनेमा बनाउँदा बनाउँदा पैसा नै सकियो । सिनेमामा अभिनय गर्न धेरै नै सजिलो रहेछ, तर सिनेमा बनाउन यो भन्दा धेरै नै गाह्रो ।’ उनले अगाडि भने -’सिनेमालाई फरक बनाउन पैसा लगानी गर्दै गएँ, तर सिनेमा बन्दा बन्दा गोजी रित्तिसकेछ थाहा नै भएन’ दिलीपको भनाई थियो ।


यही शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘मिस यु’ लाई दिलिप रायमाझीले लगानी गरेका हुन् । चलचित्रमा सुरेश दर्पण पोख्रेलको निर्देशन रहेको छ । चलचित्रमा दिलिप रायमाझी, नम्रता श्रेष्ठ र नव नायक बरुण राणाको अभिनय रहेको छ । कार्यक्रममा नायिका नम्रता र नायक बरुणको भने उपस्थिति थिएन । चलचित्रको प्रचारका लागि निर्माणपक्षले केही नयाँ उपाय अपनायो ।
पत्रकार सम्मेलनमा बिभिन्न क्षेत्रका चर्चित व्यक्तिहरुलाई अतिथिको रुपमा बोलाईएको थियो । कार्यक्रममा तेक्वान्दो खेलाडि संगीना वैद्य, सगरमाथा आरोही तेन्जिङ दोर्जे शेर्पा र अन्डर १९ महिला क्रिकेट टिमकी क्याप्टेन रुबिना श्रेत्रीलाई बोलाईएको थियो । उनीहरुले नायक दिलिप रायमाझीको दर्पणछायाँ सिनेमा हेरेको सम्झना गरेका थिए । कार्यक्रममा चलचित्रको अडियो विमोचन पनि गरिएको थियो । नेपाल र मलेसियामा छायांकन गरिएको यो सिनेमाबाट नायिका नम्रता श्रेष्ठ नेपाली सिनेमा क्षेत्रमा पुन आउँदैछिन् ।

चलचित्र काठमाडौंका मल्टिप्लेक्स हलका साथै देशका बिभिन्न ठाउँमा रिलिज हुनेछ । चलचित्र ‘मिस यु’ मा ६ वटा गीत रहेका छन् । यसरी नायकबाट निर्माता बनेका दिलिप रायमाझी सिनेमाबाट चिन्तित बनेको वुझ्न सकिन्छ । आशा गरौं दिलिपको यो चिन्ता सिनेमाको रिलिज पछि हट्नेछ ।

0 comments:

Post a Comment