मन परे मै प्रस्ताव राख्छु, बिहेले रोक्दैन

-रेखा थापा
भ्यालेन्टाइन डे आउँदा मेरो पहिलो भ्यालेनटाईनको धेरै नै याद आउँछ । म कक्षा ६ मा पढिरहेकी थिएँ । यो समयमा कक्षा ९ मा पढ्ने एक युवकले मलाई खुवै मनपराउथ्यो । उसले मलाई विहे गर्छु भन्थ्यो । सानैवाट म प्रेमको मामलामा खुला नै थिएँ । उसले मलाई प्रेम प्रस्ताव पनि राख्यो, मैले स्विकार पनि गरें । तर, अहिले सोंच्दा लाग्छ- मैले त्यो समयमा प्रेमलाई वुझेकै रहेनछु । यदि मैले उसलाई साँचो माया गर्थे भने उ मेरो यादमा अहिले पनि आउनु पर्ने हो ।तर मलाई उसको सम्झना खासै आउँदैन । यसपछि त मेरो छविसँग नै भेट भयो । भेट भएपछि हाम्रो विहे नै भयो । मलाई
लाग्छ, प्रेमको कुनै आँखा हुँदैन । प्रेम स्वच्छ र पवित्र हुन्छ । यसैले पनि प्रेम गर्नका लागि विवाह गरेको, नगरेको, धनि, गरिव भन्ने नै हुँदैन । जो सँग पनि हुनसक्छ, जतिवेला पनि हुनसक्छ प्रेम । यदि मेरो जीवनमा पनि कोही नजरमै पर्ने गरि आयो भने नकार्न सक्दिन । मलाई उसँग प्रेम गर्न कुनै संकोच हुनेछैन् ।

मेरो वैवाहिक जीवनले अर्को कुनै युवकसँग प्रेम गर्न रोक्छ जस्तो मलाई लाग्दैन । मेरो बुझाईमा प्रेमको कुनै आँखा हुँदैन । तर, १० वर्ष यता मलाई कसैले प्रेम प्रस्ताव राखेको छैन र प्रेम गर्ने हिम्मत पनि गरेको छैन् । मलाई लाग्छ, अहिलेको अबस्थामा कसैले पनि मलाई प्रेम गर्ने हिम्मत गर्दैन् । मेरो ग्रह कुण्डलीदेखि हरेक कुरा हेर्दा पनि कसैले मलाई प्रेम प्रस्ताव नै राख्ने आँट गर्छ भन्ने मलाई बिश्वास छैन् । अर्थात मैले नै प्रेम प्रस्ताव राख्नु पर्छ ।

छविसँग विहे गरेपछि त्यस्तो कुनै युवक मेरो नजरमा गडेको छैन् । तर मलाई मन पर्यो भने म उसलाई प्रेम प्रस्ताव राख्न सक्छु । किनकी आकर्षण भनेको जो कोहीसँग पनि हुनसक्छ । मलाई कसैले रोक्न सक्दैन् ।

यसपटकको भ्यालेनटाईन मेरो समाज सेवामा वित्नेछ । मेरो विचारमा मायाका लागी हरेक दिन नै शुभ हुनेछ । यसैले कुनै दिन कुर्नु नै पर्दछ भन्ने मलाई लाग्दैन । यो पटकको भ्यालेनटाईनमा म वाहुनडाँगी भन्ने ठाउमा जाँदैछु । त्यहाँ भुकम्प र वाढिले पिडित वनेका जनतालाई म सचेतना दिनका लागी जान लागेकी हुँ । त्यहा हजारौ दर्शक आउनुहुनेछ, जसले मलाई देख्ने वित्तिकै ‘आई.लभ.यु’ भन्नुहुनेछ । यो नै मेरो भ्यालेनटाईनको प्रेम प्रस्ताव हो ।

0 comments:

Post a Comment