राम्रा भनिएका सिनेमा चोरी काण्डमा

नेपाली सिनेमाहरु पछिल्लो समयमा केही फरक धारमा बनिरहेका छन् । दर्शकहरु फरक फरक धारका सिनेमाको पछि रुची राख्न थालेपछि सिनेमा बनाउनेहरुले पनि यस्ता खालका सिनेमा निर्माणमा ध्यान दिन थालेका हुन् । यसरी, ध्यान दिएकै कारणले पनि केही सिनेमाहरु राम्रा बनेका छन् । तर, राम्रा सिनेमाहरु चोरी काण्डवाट भने मुक्त हुन सकेका छैनन् । केही समय अघि चर्चामा आएको चलचित्र ‘मेरो एउटा साथी छ’ एक कोरीयन सिनेमाको कपी भएको पुष्टि भएपछि यसले चर्चा भन्दा वढि आलोचना भोग्यो ।


यो सिनेमालाई हेर्नेहरुले सवैले राम्रो रहेको बताएका थिए । अहिले, प्रदर्शनको क्रममा रहेको चलचित्र ‘चपली हाईट’ले पनि पोष्टर सार्वजनिक गरेको भोलीपल्टै एक हलिउड सिनेमाबाट पोष्टर कपी गरेको खबर आयो । यसले यो सिनेमालाई नै असर गर्यो ।

यस्तै, प्रदर्शनको क्रममा रहेको चलचित्र ‘साथी म तिम्रो’ पनि पोष्टर चोरीवाट मुक्त हुन सकेको छैन । यो सिनेमाको लागी तयार गरिएको पोष्टर एक हलिउड सिनेमावाट चोरी गरीएको छ । ‘द पर्सुएट अफ ह्यापिनेश’ भन्ने अंग्रेजी सिनेमावाट यो सिनेमाको पोष्टर कपी गरीएको छ । चलचित्रमा जसरी एक वालकले नायकको हात समातेका छन् नेपाली ‘साथी म तिम्रो’ मा पनि यस्तै खालको पोष्टर तयार गरीएको छ । यसले के देखाउँछ भने भुवनको यो चलचित्र पनि कतै यो सिनेमावाट मिल्न सक्ने अनुमान बजारमा चल्न थालेको छ । अहिले फेसवुकमा समेत यी दुई पोष्टरलाई लिएर धेरै नै चर्चा भएको पाईन्छ ।

यसरी, एक हलिउड सिनेमासँग पोष्टर मिलेको ‘साथी म तिम्रो’लाई यो चोरी काण्डले फाईदा पुग्छ या घाटा यो भने हेर्न वाँकी नै छ । तर, हामी त यत्ति भन्छौं, विशुद्ध नेपाली पनबाट किन नेपाली सिनेमा बन्न सक्दैनन् । के चोरी नगरी हामी केही पनि तयार गर्न सक्दैनौ र ?

0 comments:

Post a Comment