छड्के हान्दै नम्रता

नायिका नम्रता श्रेष्ठ केही समय गुपचुप रहेपनि अहिले फेरि बिस्तारै बाहिर क्रममा रहेकी छिन् । जीवनमा भुल्न नसकिने सेक्स स्क्यान्डलले एकाएक हराएकी नम्रता अहिले सामान्य रुपमा फकर्ँदैछिन् । युवा पुस्तादेखि संचारमाध्यमले समेत नम्रतालाई राम्रै सहयोग गरे जसका कारण नम्रतालाई चाँडै नै पुनरागमनको लागि सजिलो बनायो ।दुईवटा सिनेमा खेल्न नपाउँदै नम्रताको उचाई चुलिएको थियो । नयाँ पुस्ताले निकै रुचाएकी नम्रता अहिले पनि चलचित्र क्षेत्रमा निकै नै माग भएकी नायिकाको रुपमा चिनिन्छन् । यसैले पनि नम्रताको आगमन सहज रुपमा भएको छ, पुनः एकपटक । अहिलेसम्म नम्रताले चलचित्र ‘सानो संसार’, ‘मेरो एउटा साथी छ’ र ‘मिस यु’ मा अभिनय गरिसकेकी छिन् । उनले अभिनय गरेको
चलचित्र ‘मिस यु’ रिलिजको क्रममा रहेको छ । चलचित्र ‘मिस यु’ ले हलसम्म दर्शक तान्यो भने त्यो नम्रताकै कारणले हुने बिश्लेषण पनि बजारमा नचलेका होईनन् ।

‘मिस यु’ को रिलिजको तयारीका कारण व्यस्त नायिका अब छड्के हान्न तर्फ लाग्ने भएकी छिन् । आखिर नम्रता के कुराको छड्के हान्न तयार छिन् त ? नम्रता कुनै सरकारी निकाय या सिनेमा क्षेत्रका बिभिन्न निकायमा छड्के हान्न तयार भएकी होईनन् । नम्रताले अब चौथो सिनेमामा अभिनय गर्ने पक्का भएको छ, जसको नाम ‘छड्के’ राखिएको छ । यो सिनेमामा नम्रताले अभिनय गर्नेछिन् । चलचित्र ‘छड्के’लाई निगम श्रेष्ठले गर्ने पक्का भएको छ ।

चलचित्रमा उनका साथमा चलचित्र ‘लुट’का चर्चित कलाकार सौगात मल्ल, दयाह्याङ राई र ‘ब्याच नम्वर १६’ का चर्चित खलपात्र अर्पण थापाले अभिनय गर्ने पक्का भएको छ । चलचित्र छड्केले नम्रता धेरै नै उत्साहित भएको बुझिएको छ । जे होस्, छड्के हान्ने तयारीमा रहेकी नम्रतालाई हामी त शुभकामना भन्दा अरु के नै दिन सक्छौं र ?

0 comments:

Post a Comment