निखिलसँग ऋचाको मस्ती (फोटो सहित )

नायक निखिल उप्रेती अहिले नेपाली सिनेमाबाट लगभग बाहिरिएका छन् । दोश्रो बिहे गरेपछि निखिलको करिअरमा उथलपुथल आएको हो । दोश्रो विहे गरेर मुम्बई पुगेका उनी नेपाली सिनेमा क्षेत्रमा प्रभुत्व जमाउने गरी फर्कन सकनेनन् ।निखिल मुम्बई पुगेपछि अभिनय गरेको चलचित्र ‘न बोले नि हाँसीराख न’ रिलिजको क्रममा छ । आर.बी.के शरदको निर्देशनमा तयार भएको यो सिनेमा पुर्णतया लभस्टोरी र सांगितिक धारमा निर्माण भएको छ ।

चलचित्रमा नायक उप्रेतीले नायिका ऋचा सिं ठकुरी, शान्ति गिरीसँग रोमान्स गरेका छन् । चलचित्रबाट आफु निक्कै आशाबादी रहेको र व्यापार राम्रो गर्ने निर्देशक शरद बताउछन् । चलचित्रमा बसन्त सापकोटाको संगीत छ । चलचित्र ‘न बोले नि हाँसीराख न’ पुर्णतया पारीवारिक सिनेमा रहेको निर्माणपक्षको दाबी छ ।

0 comments:

Post a Comment