अविवाहित नायिकाको नजरमा राजेश हमाल

पाली चलचित्रमा २२ बर्षदेखि सक्रिय नायक राजेश हमालका लाखौ फ्यान छन् । उनलाई विभीन्न कोणबाट रुचाउनेहरुको संख्या धेरै नै छ । तर, नेपाली चलचित्रका अविवाहित नायिकाहरु हमाललाई कसरी चिन्छन् त ? आज हामीले यो बिषयमा वुझेका थियौ














: सुमिना घिमिरे
हमालको श्रीमति बन्न मन छ
ओहो, राजेश हमालको कुरा त के गर्नु, म उहाको साह्रै ठुलो फ्यान हुँ । उहाको बोल्ने स्टाईलले त भुतुक्कै पार्छ मलाई । उहाँको बानी ब्यहोरा, समयमा छायांकन स्थलमा आउने बानी मनपर्छ । उहाँ निक्कै जेन्टल हुनुहुन्छ । उहाँको उचाई साह्रै सेक्सी छ । हेरेपछि हेरिरहुँ जस्तो । उहाँले अब बिहे गर्न लागेका खबरहरु पनि सुनिरहेको छु । सायद आजसम्म उहाँले बिहेको बारेमा सोच्न नै भ्याउनु नै भएन । सिनेमा क्षेत्रलाई हाँक्दा हाँक्दै बिहेलाई उहाँले आजसम्म टाढा नै राख्नु भएको होला जस्तो लाग्छ । राजेश हमाल सुट पाईन्टमा खुवै राम्रो देखिनुहुन्छ । नेपाली सिनेमामा
उच्च योगदान गरेकै भएकाले उहाँलाई महानायक भनिएको जस्तो लाग्छ । अब उहाँले विहे गर्नुपर्छ । ३० बर्षको हारहारीको युवतीसँग बिहे गर्दा ठिक होला भन्ने लाग्छ मलाई । अब मलाई उहाँसग श्रीमतीको भूमिकामा काम गर्न मन लागेको छ ।

अनु शाह
हमालको प्रेमीका बन्ने मन छ 
नायक राजेश हमाल मलाई एकदमै मनपर्ने कलाकार हुनुहुन्छ । उहाँले चलचित्रमा जसरी संवाद वोल्नु हुन्छ त्यसको त म फ्यान हुँ । सिनेमाको पर्दामा उहाँले देखाउने हाउभाउ पनि खुवै मनपर्छ । मलाई उहाँको व्यक्तित्वले खुवै आकर्षण गरेको । उहाको आँखा साह्रै सेक्सी छ । हेर्ने वित्तिकै मोहनी लगाउनुहुन्छ जस्तो लाग्छ मलाई त । राजेश हमाल आजसम्म किन विहे नगरी बस्नु भएको होला भनेर कहिलेकाही मैले पनि सोच्ने गर्दछु । सायद उहाँलाई बिहे नै नगरी बस्न मन लाग्यो होला । उहाँ सुट र पाईन्टमा खुवै ह्यान्डसम देखिनुहुन्छ । लामो समयदेखि नेपाली सिनेमा क्षेत्रलाई हाकेकोले उहाँलाई महानायक भनिएको होला जस्तो लाग्छ मलाई । उहाले अब विहे गर्नुपर्छ भन्ने लाग्छ । बिहे गर्दा उहाँलाई ३५ बर्ष सम्मकी युवती खुबै सुहाउछ । अब उहाँको प्रेमीका बनेर काम गर्ने खुबै ठुलो रहर छ ।


 बेनिशा हमाल
हमालले केटी नपाएर होला
राजेश हमाल नेपाली सिनेमा क्षेत्रको धरोहर हो । उहाँको म सानैदेखिको ठुलो फ्यान हुँ । उहाँले सिनेमाको पर्दामा आफ्नो भुमिकालाई धेरै नै ख्याल गर्नुहुन्छ । उहाँलाई सुटिङमा आउँदा बाहीरी कुराले खासै प्रभाव पार्दैन । टेक नभएको समयमा पुस्तक पढेर बस्ने उहाँको बानी साह्रै राम्रो लाग्छ । उहाँको व्यक्तित्व, आम मानिससँग बोल्ने तरिका र आफुलाई जुन तबरबाट उहाँले मेनटेन गरीरहनु भएको छ, यसबाट म धेरै नै आकषिर्त रहेको छु । उहाँको आँखा साह्रै सेक्सी लाग्छ । उहाँ आजसम्म अविवाहीत रहनुको कारण सोचेजस्तो केटी नपाएकाले पनि होला । राजेश हमाललाई सेतो कुर्ता खुबै सुहाउँछ । तर, उहाँले आजसम्म यो पहिरन लगाएको मैले थाहा पाएको छैन । मन मिल्यो भने यही नै उमेर भएको केटी आवश्यक छ भन्ने पनि होईन । मलाई उहाँको प्रेमिका भएर काम गर्न मन लागेको छ । आशा छ यो मेरो सपना पनि चाँडै नै पुरा हुनेछ ।




 बिनिता बराल
हमाल मेरो आधुनीक ड्याडी
राजेश हमाल नेपाली सिनेमा क्षेत्रको महानायक हुनुहुन्छ । उहाँले धेरैलाई नायिका, निर्देशक र निर्माता बनाईदिनुभएको छ । सिनेमा क्षेत्रलाई २२ बर्षदेखि निरन्तर हाकेर आएकाले उहाँलाई महानायक भनिएको हो जस्तो लाग्छ । उहाँको पर्सनालिटी र व्यवहार साह्रै मनपर्छ मलाई । उहाँसँग बोल्न थालेपछि बोलेको बोलै गरुँ जस्तो लाग्छ । हमाल जीको सेक्सी अंग उहाँको उचाई हो । अग्लो ज्यानमा सुट वुट लगाएर सजिदा हेरेको हेरै हुन्छु म त । विहे किन गर्नु भएन त्यो त उहाँको निजी मामला भयो, तर आजसम्म नजुरेर नै होला । अब उहाँले बिहे गर्नुपर्छ जस्तो लाग्छ । मन मिल्यो भने उमेरले केही छेक्दैन । मेरो आधुनीक ड्याडि भनेर चलचित्रको पर्दामा म सबैलाई चिनाउन चाहन्छु ।

0 comments:

Post a Comment