एउटा मोबाइलबाट अर्कोमा कसरी सार्ने नम्बर ?

आजकल धेरैलाई एउटा मोबाइलबाट अर्को मोबाइलमा फोन नम्बरहरु सार्नुपर्छ । तर, मोबाइलबाट मोबाइलमा नम्बर सार्नु त्यति सजिलो छैन । अधिकांशले एक-एक गर्दै फोन नम्बरहरु सेभ गर्छन, जुन निकै लामो समय लाग्छ । आज हामी तपाईलाई एक मोबाइलमा रहेको फोन नम्बरहरु अर्को मोबाइलमा सार्ने सजिलो तरिका सिकाउँदैछौं । यदि तपाईको नम्बरहरुको लिस्ट निकै सानो छ भने सिम कार्डको प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि तपाई आफ्नो फोनमा रहेका सबै नम्बरहरुलाई सिममा सेभ गर्नुहोस् । त्यसपछि त्यस सिमलाई अर्को मोबाइलमा हाल्नुहोस र नम्बरहरुलाई सेभ गर्नुहोस् । १. सबैभन्दा पहिले कन्ट्याक्ट अपरेसनमा गएर मुभ कन्ट्याक्ट अप्सन रोन्नुहोस् । २. यदि तपाई आफ्नो मोबाइल सेटमा सिममा सेभ गर्न चाहनुहुन्छ भने कपी कन्ट्याक्ट अप्सन छान्नुहोस् । ३. त्यसपछि फोन टु सिम अप्सनमा क्लिक गर्नुहोस् । ४. जब तपाई फोन टु सिम अप्सनमा क्लिक गर्नुहुन्छ, तपाईको मोबाइलमा रहेका फोन
नम्बरहरु छन् त्यसको जानकारी दिन्छ । ओके अपसन छानेपछि मोबाइलमा रहेका सबै नम्बरहरु तपाईको सिममा सेभ हुन्छन् । यखि तपाईको धेरै नम्बरहरु छन् र पहिलो तरिकाबाट नम्बरहरु एक मोबाइलबाट अर्को मोबाइलमा लैजान सकिएन भने कम्प्युटरबाट गर्न सकिन्छ । त्यसका लागि तपाईले सबैभन्दा पहिले आफ्नो पीसीमा नोकिया ओवीआई पीसी सूट इन्स्टल गर्नुपर्छ । नोकिया पीसी सूटबाट तपाई नोकियाको सेटमा रहेका नम्बरहरु ब्लाकबेरी र अन्य कुनै फोनमा सार्न सक्नुहुनेछ । यदि तपाई ब्लाकबेरी प्रयोग गर्नुहुन्छ भने ब्लाकबेरी डेस्कटप म्यानेजरबाट पनि नम्बरहरु सार्न सक्नुहुनेछ । १. सबैभन्दा पहिले आफ्नो कम्प्युटरमा नोकिया पीसी सूट इन्स्टल गर्नुहोस् । २. अब डाटा केबलको मदतबाट फोनको पीसीमा तपाईले केहीबेर अघि इन्स्टल गरेको पीसी सूटलाई कनेन्ट गर्नुहोस् । ३. जब पीसी सूटसँग तपाईको फोन कनेक्ट हुन्छ, तपाईको सबै नम्बरहरु स्वत पीसी सूटमा आउँछ । ४. अब उक्त फोनलाई पीसी सूटबाट हटाएर अर्को फोन कनेक्ट गर्नुहोस् र पीसी सूटमा सेभ भएका सबै नम्बरहरु कपी गर्नुहोस् ।

0 comments:

Post a Comment