रेखा शाह र भुपेन्द्र खड्कालाई जबानी चडेपछि …

सिमसिमे पानीमा ज्यानले बेइमान गर्छौ कि जिन्दगानीमा ’ बोलको गितबाट चर्चित बनेकी गायिका रेखा शाह अहिले गितकार भुपेन्द्र खड्का सँगको सम्बन्धबाट थप चर्चामा छिन् । भुपेन्द्र खड्काकै गितबाट लोक गायिकाबाट आधुनिक गायिका बनेकी रेखा शाह र भुपेन्द्र खड्कालाई चडेको जवानीको बारेका ‘बुधबार’ साप्ताहिकले छापेको छ ।प्रकाशित घटना बिबरणअनुसार नागपोखरी छेउमा रहेको साइबाबा मन्दिरअघि केही दिनदेखि एउटा गाडी लामो समयसम्म रोकिने गरेको थियो । सधैजसो उस्तै गाडी आएर रोकिने तर मान्छे नओर्लिने तर भित्र महिला र पुरुषको आकृति देखिन थालेपछि नागपोखरीको आडमा पसल गरि बस्नेहरुले त्यसको चियो गर्न थालेका थिए । गत भदौ १६ गते स्थानीय वासिन्दाले घेरा हालेर पुलिसलाई खवर नगर्दासम्म उनीहरु रेखा शाह र गीतकार भुपेन्द्र खड्का हुन भन्ने जानकारी थिएन् । प्रहरीलाई पनि उनीहरु को हुन भन्ने जानकारी थिएन् ।जव गाडीको सिसा खोलेर युवकले आफु कान्तिपुर एफएममा कार्यरत पत्रकार भएको र महिला चर्चित गायिका रेखा शाह भएको बताए । त्यति सुनेपछि प्रहरी निरिक्षक किरण कुवँर पनि हच्किए । स्थानीय वासिन्दाले उनलाई बाहिर निस्कन भन्दा नमानेपछि प्रहरीले बाहिर तान्न खोज्दा सर्ट पनि च्यातियो । त्यही निहुँमा भुपेन्द्रले प्रहरीविरुद्ध संचारमाध्यममा जाने भनेपछि प्रहरी डरायो र घटनाले अर्कै मोड लियो । सोही साँझ प्रहरीसँग मिलापत्र गरेर घटना गोप्य राख्ने सहमति सहित उनीहरु घर फर्किए । भुपेन्द्रले पुलिसबिरुद्ध संचारमाध्यममा जाने धम्की नदिएको प्रहरीले उनीहरुलाई सार्वजनिक स्थलमा अश्लिल क्रियाकलाप गरेको भन्दै मुद्दा चलाउने थियो । यसबारे बुझ्न खोज्दा कमलपोखरीका प्रहरी इन्चार्ज कुँवरसँग सम्पर्क गर्न पटक पटक प्रयास गरेपनि उनी सम्पर्कमा नआएको
बुधबारले छापेको छ ।भुपेन्द्र र रेखा दुवैले उक्त घटना भएको स्वीकारेपनि त्यो सामान्य घटना भएको बताए । रेखाले आफुले गाडीभित्र गीतको अन्तराको बिषयमा कुरा गरेको र त्यहाँ रहेको खाली जग्गा हेर्न गएको भएपनि स्थानीय वासिन्दाले गाडीबाट नओर्लिदै होहल्ला गरेर बिबाद झिकेको बताइन् । भुपेन्द्रले पनि कुनै ठूलो घटना नभएको र सादा पोशाकका प्रहरीले त्यसै होहल्ला गरेको बताए ।

0 comments:

Post a Comment