गर्भवती भइन सकिरा

कोलम्बियन पप स्टार सकिरा गर्भवती भएकी छन्। स्पेनिस फुटबलर गेरार्ड पिक्यु र सकिरा पहिलो सन्तानको प्रतीक्षामा छन्। गाना र नाचकै कारण विश्‍वभर नै लोकप्रिय रहँदै आएकी सकिराको समुन्द्री किनार र विकिनीमात्र मात्र रहेको म्युजिक भिडियो लोका धेरैको स्मरणमा नै छ। शरीर हल्लाउँदै नाच्ने यी गायिका आमा बन्दैछिन् भन्दा धेरैलाई चासो हुनु स्वभाविक हो।'तपाँइहरुले थाहा पाउनु भएको होला, गेरार्ड र म पहिलो सन्तानको तिब्र प्रतीक्षामा छौं,' सकिराले आफ्नो वेवसाइटमा लेखेकी छिन्, 'अव हाम्रो प्राथमिकता फेरिएको छ, हामीले जीवनको एक फरक र महत्वपूर्ण कामका लागि आगामी दिनका प्रवद्धनात्मक कार्यक्रमहरु स्थगित गरेका छौं।' ग्रामी आवार्ड पाइसकेकी गायिकाले उनको सन्तान कहिले जन्मने भन्ने खुलाएकी छैनन्। ह्वेनएभर, ह्वेनएभर र हिप्स डन्ड लाइ जस्ता चर्चित गीतकी गायिका तथा प्रस्तोता उनले लस भेगसमा हुने आइहर्ट रेडियो म्युजिक फेस्टिवल कार्यक्रममा सहभागी नहुने जनाएकी छिन्। 'म सहभागी नभएपनि त्यहाँको हरेक गतिविधि म नजिकैबाट हेर्नेछु,' उनले सुनाइन्। -nagarik

0 comments:

Post a Comment