‘आईफोन ५’, के छ खास नयाँ ? (फोटो फिचरसहित)

लामो समयको प्रतिक्षापछि अमेरिकी कम्पनी एप्पलले आईफोन ४ एस भन्दा धेरै सुबिधा थपेर ‘आइफोन ५’ बजारमा ल्याएको छ । सामसुङबाट कडा चुनौती सामना गरिरहेको एप्पलले गएराती आइफोन फोएस भन्दा ठूलो स्क्रीन, पातलो साइज, दोब्बर क्षमताको प्रोसेसर, थप एप्लिकेसनसहित नयाँ आइफोन सार्वजनिक गरेको छ । सान फ्रान्सिस्कोमा आयोजित कार्यक्रममा एप्पल प्रमुख कार्यकारी अधिकारी टम कुकले नयाँ मोवाइल सार्वजनिक गरेका हुन् । आईफोन ५ सेप्टेम्बर २१ देखि बजारमा आउने छ । सुबिधा यसअघि साढे ४ इन्चको स्क्रीन रहेकोमा नयाँ आइफोनको स्क्रीन ५ इन्चको बनाइएको छ । साढे ४ इन्च उचाईलाई बढाएर ४.८७ इन्च बनाइएको छ भने डिस्प्ले साइज ९६०×६४० पिक्सेल बाट बढाएर १३३६×६४० पिक्सेल पुर्याइएको छ । आइफोन ५ मा ए ६ प्रोसेर राखिएको छ जुन फो एसमा प्रयोग भएको ए ५ भन्दा दोब्बर क्षमताको छ । आइफोन ५ केही हुलका समेत रहेको छ । यसअघि १४० ग्राम तौल रहेकोमा आईफोन ५ जम्मा ११२ ग्राम तौलको रहेको छ । ८ मेगापिक्लेस क्यामेरा जडित नयाँ आइफोनले २८ मेगापिक्सेलको प्यानोरमा तस्वीरसमेत खिच्न सक्छ । मूल्य मूल्यका हिसावले
आईफोन निकै आक्रामक ढंगले आएको छ । अमेरिकाभित्र १६ जीवीको आईफोन ५ जम्मा १ सय ९९ डलरमा उपलब्ध हुने छ भने ३२ जीवीलाई २ सय ९९ र ६४ जीवीलाई ३ सय ९९ डलर पर्ने बताइएको छ । सामसुङले निकै सस्तोमा स्मार्टफोन ल्याएर एप्पललाई चुनौती दिएपछि एप्पल पनि मूल्ययुद्धमा ओर्लिएको अनुमान गरिएको छ

0 comments:

Post a Comment